खाली हुदैनन्, गुरूङ्ग हाेमस्टेमा पाहुना





घनश्याम बगाले –

नवलपरासी १६ कार्तिक ।




तराईकाे पूर्व पश्चिम राजमार्गबाट मात्रै ३५ कि.मि. दुरीमा लाहापेकाे गुरूङ्ग हाेमस्टे पुगिन्छ ।
पूर्वी नवलपरासीकाे बाैदीकाली ६ लाहापेका १० घर गुरूङ हाेमस्टेमा हिउदे बाटाे खुलेसंगै पाहुना टुटेका छैनन् ।
आंखै अगाडि लहरै देखिने धाैलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण र लम्जुङ्ग हिमाल नियाल्दै पहाडी बस्तीसंग साक्षतकार गर्नु लाहापेकाे प्राकृतिक बिशेषता हाे ।

पहाडकाे चिसाेपानी र चिसै हावा बीच पारिलाे घाम ताप्दै गाऊंकै मकै या काेदाकाे ढिडाेलाई साथ दिने सिस्नाकाे तिउनले अन्यत्रकाे भान्सा बिर्साई दिएकाे सल्यानका ई.रमेश डिसीले बताउनु भयाे ।

उत्तर फर्केकाे हरियाली डांडा मुनि तलमाथि मिलेर बनेकाे गुरूङ्ग बस्तीका घरहरूमा पाहुनाका लागि सफाचट काेठाहरू छुट्याइएको छ ।
सहर बजारकाे काेलाहलबाट एक दुई दिन अलग्ग हुन चाहनेहरूलाई लाहापेकाे हाेमस्टे छुट्टै बिकल्प बनेकाे छ ।
यहाँ आउने पाहुनालाई फूलमाला र अबिरले स्वागत गरेपछि पाहुनाकै चाहना अनुसारकाे खाजा या भाेजन टक्र्याउने चलन रहेकाे स्थानीय तुल कुमारी गुरूङ्ग बताउनु हुन्छ ।

सादा खाना १ सय ८० रूपैयां पर्ने लाहापेमा माछामासु खान भने हांसा,कुखुरा या पाठा अलग्गै किन्न पाईन्छ ।
पाहुनाले खाना आफै बाउछाैं, रमाईलाे गर्छाैं भने चुला ढुङ्गा या भान्साकाे ब्यवस्था मिलाई दिने गरिएकाे लाहापेका यम बहादुर गुरूङ्गले बताउनु भयाे ।

खाना खाए पछि सांझ यहाँ घाटु, काैरा र झाम्रे गीत र नृत्य सहित मनाेरञ्जन गर्न छुट्टै नाचघर रहेकाे छ, जहाँ पाहुनाहरूलाई पनि नचाउने गरिन्छ ।
विशेष गरि हिउदमा लालिगुरांस फुल्ने, तित्रा बास्ने लाहापे वरपर संरक्षित जंगली जनावर घाेरल र मृग फाट्टफुट्ट देखिने स्थानीयहरू बताउछन् ।

पूर्वी नवलपरासीकाे कावासाेती,दलदले र झ्यालबासबाट उत्तर साेझिने कुनै पनि बाटाे हुंदै धाैवादी पुगे पछि ऐतिहासिक रूद्रपुर गढी नियाल्दै पश्चिम उत्तरकाे लाहापे गाऊं पुग्न सकिन्छ ।

लाहापेमा पाहुना भई फर्कनेहरूले सुन्तला,अमिलाे,केरा,उखु,कफी,सागपात,खुर्सानी लगायत यहीँ बनेका डाेका डाला,कुचाे र सुपा किन्न पाईनु लाहापेकाे अर्काे बिशेषता हाे ।

लाहापेमा विशेष गरि छिमेकी जिल्ला चितवन,तनहूं,पाल्पा र नवलपरासी पश्चिमबाट समेत पाहुना आई दिन बिताउने गरेकाे स्थानीय पबित्रा गुरूङ्ग बताउनुहुन्छ ।




सम्बन्धित
Loading...