निर्वाचन–२०७९ पर्यवेक्षण सम्वन्धि अभिमुखीकरण
नवलपृुर ।
प्रतिनिधिसभा तथा प्रदेससभा सदस्य निर्वाचन–२०७९ पर्यवेक्षण सम्वन्धि एक दिने अभिमुखीकरण तालिम कावासोतीमा भएको छ ।
आसन्न २०७९ मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेससभा सदस्स्य निर्वाचन–२०७९ को पूर्व संघारमा निर्वाचन आचारसंहिता
२०७९, पर्यवेक्षण संस्था पर्यवेक्षकको आचारसंहिता तथा दायित्व, प्रतिनिधिसभा तथा प्रदेससभा सदस्य निर्वाचन–२०७९ संवैधानिक एवम् कानूनी व्यवस्था निर्वाचन प्रणाली र निर्वाचन कार्यक्रम को सन्दर्भमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नवलपुर द्वारा आयोजित एकदिने अभिमुखिकरण तालिम कावासोती स्थित फुलमुन होटलको सभाहलमा भएको हो ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) को केन्द्रिय कार्यालयको आर्थीक सहयोग एवम् राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नवलपुरको पहलमा यस नवलपुर जिल्लामा नियुक्त छोटोअवधिका पर्यवेक्षकहरुलाइ लक्ष्यीत गरी एक दिने अभिमुखीकरण तालिम गरिएको हो ।
निर्वाचनको औचित्यता, निर्वाचनको महत्व र निर्वाचनको गरिमा साथै लोकतन्त्रको गहना निर्वाचन रहेकाले पर्यवेक्षकहरुले निर्वाचनको सहि पर्यवेक्षण गर्नु जरुरी रहेको कुरामा विशेष जोड दिदै कार्यक्रमका सभा अध्यक्ष अधिवक्ता चुडाबहादुर आलेले तालिममा सहभागी पर्यवेक्षकहरुलाई जानकारी गराएका थिए ।
त्यसै गरि निर्वाचन आचारसंहिता २०७९, निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन पर्यवेक्षण संस्था पर्यवेक्षकको आचारसंहिता तथा दायित्व, प्रतिनिधिसभा तथा प्रदेस सभा सदस्य निर्वाचन–२०७९ संवैधानिक एवम् कानूनी व्यवस्था निर्वाचन प्रणाली र निर्वाचन कार्यक्रमको सन्दर्भमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नवलपुरका सचिव सहजकर्ता प्रितम भुजेलले सहजिकरण गरेका थिए ।
कार्यक्रमको प्राविधिक व्यवस्थापन अधिवक्ता प्रकास सापकोटाले गरेका थिए भने स्वागत मन्तव्य राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नवलपुरका उपाध्यक्ष प्रमिला थापाले राखेका थिए ।