नवलपरासीमा मतदान केन्द्रभित्रै मापसे गरि अचेत अवस्थामा भेटिए मतदान अधिकृत





नवलपरासी । नवलपरासीमा एकजना मतदान अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ। मादक पदार्थ सेवन गरि मतदान केन्द्रभित्रै अचेत अवस्थामा भेटिएपछि मतदान अधिकृत श्याममणि मण्डललाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बर्दघाट नगरपालिका–१३ मझौनी स्थित दुर्गा माध्यमिक विद्यालयमा मातदान अधिकृतको रुपमा खटिएका जिल्ला वन कार्यालयका सहायक वन अधिकृत मण्डललाई अचेत अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए।




पक्राउ परेका मण्डललाई पृथ्वी चन्द्र अस्पतालमा स्वास्थ्य परीक्षण गराइ थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक पाण्डेय जनाकारी दिए।

मण्डलको स्थानमा क्षेत्र नं. १ निर्वाचन अधिकृतको कार्यालय बर्दघाटबाट अर्का मतदान अधिकृत नियुक्ति गरि पठाइएको उनले बताए। मण्डलको सम्बन्धमा निर्वाचन क्षेत्र नं. १ को कार्यालयबाट निर्देशनअनुसार कारबाही हुने पाण्डेय बताए।




सम्बन्धित
Loading...