मतदानका लागि चोरमाराबाट पहाड घर जाँदै गरेकालाई बाटोमै अवरोध



रामकुमार श्रेष्ठ –

नवलपरासी, ३ मंसिर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको चोरमाराबाट पहाडी क्षेत्रमा भोलि हुने निर्वाचनमा मतदान गर्न जाँदै गरेका केही सर्वसाधारणलाई घर जानबाट अवरोध गरेको छ ।



स्थानीय हाटबजार चोरमारा बजारबाट घरका लागि खाद्य सामग्री लत्ता कपडा किनेर घर जाँदै गरेको करिब ३ दर्जन सर्वसाधारणलाई बाटोमा मदिरा सेवन गरेर हिड्दै गरेका केही युवाहरुले रोकेर प्रहरीलाई बुझाएका थिए ।

२ वटा जिपमा जाँदै गरेको महिला, बालबालिका सहितका ३ दर्जन मानिसलाई उनीहरु जाँदै गरेको जीपमा चुनावलाई लक्षित गरी चामल वितरणका लागि लगिएको आरोपमा ति युवाहरुले बाटो छेकेका थिए ।

दिउँसो साढे २ बजेदेखि रोकिएका उनीहरुलाई चोरमारा प्रहरी चौकीमा ल्याएर राखिएको थियो । उनीहरुको बारेमा सोधपुछ र अनुसन्धान पछि उनीहरुले चुनाव लक्षित सामग्री नभई घरायसी प्रयोजनका लागि सामग्री लगिदै गरेको थाहा पाएपछि साँझ साढे ७ बजे प्रहरीकै सुरक्षामा घरतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताए ।

शनिबार चोरमारा बजारमा हाट बजार लाग्ने गर्दछ । केही पहाडबाट हाटबजार गर्न झरेका बासिन्दा थिए भने केही चोरमारा र अरुणखोलाबाट चुनावका लागि मतदान गर्न पहाड उक्लदै थिए । एक जना पीडित महिला दिलमाया रानाले आफूहरुलाई प्रहरीले विना कारण ५ घण्टा रोकेर राखेको तर बाटोमा मदिरा सेवन गरेर हिड्नेलाई भने प्रहरीले छाडेको आरोप लगाइन् ।

उनीहरुलाई साँझ साढे ७ बजे छाडिएको छ । उनीहरु अहिले घरतर्फ लागेका छन् । उनीहरु चोरमाराबाट सवारी साधनमा ५ घण्टाको दुरी पार गरेर हुप्सेकोट गाउँपालिका ५ हुप्सेकोटमा पुग्नु पर्दछ ।



सम्बन्धित
Loading...
error: Content is protected !!