प्रदेश सभा नवलपुर २ (क) मा मतगणना शुरु, गठबन्धनका सोम श्रीपालीको शुरुवाती अग्रता





रामकुमार श्रेष्ठ — 

नवलपरासी, ५ मंसिर । पूर्वी नवलपरासीको प्रदेश सभा सदस्यतर्फको क्षेत्र नं. २ क को पनि मतगणना शुरु भएको छ । प्रदेश सभा २ क मा भने बौदीकाली ३ को मत गणना गरिएको छ ।

 




यहाँ ९०१ मत खसेको थियो । खसेको ९०१ मत गणना गरिसक्दा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका सोम श्रीपालीले झिनो मत अन्तरले अग्रता लिएका छन् ।

 

श्रीपालीले ४१९ मत प्राप्त गर्दा नेकपा एमालेकी पद्मा जिसी श्रेष्ठे ४०६ मत प्राप्त गरेकी छिन् ।

 

त्यसैगरी राप्रपाका नुनबहादुर आलेले १६, हाम्रो नेपाली पार्टीका यदुनाथ सिग्देलले १७ मत प्राप्त गरेका छन् । यहाँ ३६ मत बदर भएको छ ।




सम्बन्धित
Loading...