नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को दुवै प्रदेशमा एमाले विजयी





नवलपरासी —

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को दुवै प्रदेशमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्। क्षेत्र–२ (१) र (२) मा क्रमशः एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी भएका हुन्।




श्रेष्ठले १९ हजार तीन सय ७८ ल्याएर विजयी भएकि छन् भने उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का सौगमकुमार सिरपालीले १४ हजार सात सय ४३ मत ल्याएका छन्। यो क्षेत्रमा विसं २०७४ को निर्वाचनमा कांग्रेस विजयी भएको थियो।

त्यसैगरी (२) मा पाण्डेले १८ हजार आठ सय छ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का गोपाल खनालले १४ हजार सात सय ६१ मत पाएका छन्।

नवलपुर २ प्रतिनिधि सभा सदस्यमा भने नेकपा एमालेका तिलक महत र काँग्रेसका विष्णु कार्की भन्दा केही मतले पछाडि छन् ।




सम्बन्धित
Loading...