नवलपुर २ः काँग्रेसका कार्की अघिअघि एमालेका महत मतअन्तर घटाउँदै



रामकुमार श्रेष्ठ –

नवलपरासी, ७ मंसिर । पूर्वी नवलपरासीको निर्वाचन क्षेत्र नं. २ मा नेपाली काँग्रेसका विष्णु कार्कीको अग्रता कायमै रहेको छ । मतगणनादेखि अग्रता लिइरहेका कार्कीले बुधबार साँझ ५३ हजार ७ सय ७ मत गन्दासम्म अग्रता कायमै राखेका छन् ।



कार्की र नेकपा एमालेका तिलक महतबीचको मतअन्तर भने खासै बढ्न सकेको छैन । कार्की अगाडि अगाडि रहे पनि एमालेका महतले कार्कीसँगको मत अन्तर घटाउँदै लगेको छ ।

८५ हजार ३ सय ९९ मत खसेको नवलपुर २ मा ५३ हजार ७ सय ७ मत गन्दासम्म कार्की र महतबीच ६ सय ६९ को मत अन्तर रहेको छ । दुई जनाबीचको मत अन्तर ५ सय देखि १ हजारको बीचमा हुँदै मत अगाडि बढिरहेको छ ।

कार्कीले अहिलेसम्म २२ हजार १० मत प्राप्त गरेका छन् भने महतले २१ हजार ३ सय ४१ मत प्राप्त गरेका छन् । यहाँ अब ३१ हजार ६ सय ९२ मत गन्न बाँकी छ ।

नवलपुर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शालिकराम न्यौपानेले ४ हजार ४ सय ६७, राप्रपाका विष्णु अधिकारीले २ हजार ४ सय २३ मत प्राप्त गरेका छन् ।



सम्बन्धित
Loading...
error: Content is protected !!