नवलपुर १ः डा. कोइराला अघि अघि, एमालेका पौडेल र रास्वपाका गौतम पछिपछि



रामकुमार श्रेष्ठ –

नवलपरासी । पूर्वी नवलपरासी क्षेत्र नं. १ मा गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाको अग्रता कायमै रहेको छ । कोइरालालाई नेकपा एमालेका कृष्ण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले पछ्याइ रहेका छन् ।



५४ हजार ३ सय ३४ मत गन्दासम्म काँग्रेसका डा. कोइरालाले १७ हजार ३ सय ४७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी दोस्रो स्थानमा रहेका नेकपा एमालेका कृष्ण पौडेलले १५ हजार ५ सय ६ मत र राष्ट्रि स्वतन्त्र पार्टीका राजन गौतमले १५ हजार २ सय ५१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नवलपुर १ को प्रतिनिधि सभातर्फ राप्रपाका डा. मोहनी लाल भुसालले १ हजार ८ सय ९६ मत प्राप्त गरेका छन् ।



सम्बन्धित
Loading...
error: Content is protected !!