नवलपुर १ ख को प्रदेश सभामा एमालेका रोशन गाहा दोस्रो पटक निर्वाचित
८ मंसिर, नवलपुर ।
नवलपुर क्षेत्र नम्बर १ ख को प्रदेश सभामा नेकपा एमालेका रोशन बहादुर गाहा दोस्रो पटक निर्वाचित भएका छन् ।
गाहाले १७ हजार ८२३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी माओवादीबाट गठबन्धनका उम्मेदवार लोकप्रसाद भुर्तेलले १४ हजार ११० मत प्राप्त गरेका छन् ।
नवलपुरकाे ४ वटै प्रदेश सभाकाे मत परिणाम आएको छ । आधिकारिक मत परिणाम भने घोषणा हुन बाँकी छ ।
नवलपुर १ क मा काँग्रेसका महेन्द्रध्वज जिसी, १ ख मा एमालेका रोशन गाहा विजयी भएका छन् । त्यसैगरी नवलपुर २ क मा एमालेकी पद्मा जिसी श्रेष्ठ र नवलपुर २ ख मा एमालेकी लक्ष्मण पाण्डे विजयी भएका छन् ।
प्रतिनिधि सभा सदस्य तर्फ नवलपुर १ मा काँग्रेसका डा. शशांक कोइरालाको र नवलपुर २ मा काँग्रेसकै विष्णु कार्कीको अग्रता कायमै रहेको छ ।