नवलपुर प्रतिनिधि सभाका दुवै क्षेत्रमा काँग्रेस विजयी, प्रदेशका ३ वटा क्षेत्रमा एमाले र एउटामा काँग्रेस विजयी



रामकुमार श्रेष्ठ –

नवलपरासी । पूर्वी नवलपरासीको प्रतिनिधि सभा सदस्यका २ वटै पदमा नेपाली काँग्रेसका उम्मेदवारहरु विजयी भएका छन् ।



नवलपुर १ मा नेपाली काँग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइराला विजयी भएका छन् ।

कोइराला नेकपा एमालेका कृष्ण पौडेललाई २ हजार २० मतले पछाडि पार्दै विजयी भएका हुन् ।

कोइराला २७ हजार ४७ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकतम् प्रतिद्वन्दी नेकपा एमालेका पौडेलले २५ हजार ४७ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २४ हजार ३ सय ५ मत प्राप्त गरेका थिए ।
कोइराला यस क्षेत्रबाट लगातार चौथो पटक निर्वाचित भएका हुन् ।

त्यसैगरी पूर्वी नवलपरासी क्षेत्र नम्बर २ वाट प्रतिनिधि सभामा फारकिलो मतान्तरले कांग्रेसका बिष्णुकुमार कार्की बिजयी भएका छन ।
अघिल्लो पटक आफुलाई १३ सय मतले पराजित गरेका एमाले नेता तिलबहादुर महत क्षेत्रि ( तिलक) लाई यस पटक कार्किले २ हजार २१ मत मतन्तरले पछि पारेका हुन ।
कार्किले ३६ हजार १ सय ४ मत पाएका छन भने महतले ३४ हजार ८३ मत पाएका छन । दुबैको मतान्तर २ हजार २१ रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

२०४८ सालदेखि हाल निर्वाचनमा लगातार एमालेले जित्दै आएको यस क्षेत्रमा पहिलो पटक काँग्रेसले जित हात पारेको हो ।

त्यसैगरी ४ वटा प्रदेशसभा रहेको यो जिल्लामा ३ वटा प्रदेश सभामा एमाले र एउटामा नेपाली कांग्रेस बिजयी भएको छ । कांग्रेसका उम्मेदवार रहेका सबै ३ वटै क्षेत्र कांग्रेस बिजयी भएको हो । यहाका ३ वटा प्रदेश सभामा माओवादी केन्द्रका २ र एकिकृत समाजवादीका एक जना गठबन्धनका उम्मेदवार थिए ।
नवलपुर १ (१) मा काँग्रेसका महेन्द्रध्वज जिसी, नवलपुर १ (२) मा एमालेका रोशन बहादुर गाहा, नवलपुर २ (१) मा एमालेकी पद्मा जिसी श्रेष्ठ र नवलपुर २ (२) एमालेका लक्ष्मण पाण्डे विजयी भएका छन् ।

पूर्वी नवलपरासी

प्रतिनिधि सभा
निर्वाचन क्षेत्र नं. १ डा. शशांक कोइराला नेपाली काँग्रेस निर्वाचित
निर्वाचन क्षेत्र नं. २ विष्णु कार्की नेपाली काँग्रेस निर्वाचित

प्रदेश सभा सदस्य
निर्वाचन क्षेत्र नं. १ (१) महेन्द्रध्वज जिसी नेपाली काँग्रेस निर्वाचित
निर्वाचन क्षेत्र नं. १ (२) रोशन बहादुर गाहा नेकपा एमाले निर्वाचित
निर्वाचन क्षेत्र नं. २ (१) पद्मा जिसी श्रेष्ठ नेकपा एमाले निर्वाचित
निर्वाचन क्षेत्र नं. २ (२) लक्ष्मण पाण्डे नेकपा एमाले निर्वाचित



सम्बन्धित
Loading...
error: Content is protected !!