काँग्रेसका देवेन्द्रराज कंडेललाई पराजित गर्दै पश्चिम नवलपरासी २ मा राप्रपाका धु्रवबहादुर प्रधान विजयी
रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासी २ मा राप्रपाका उम्मेदवार ध्रुबबहादुर प्रधान विजयी भएका छन् । प्रधान भारी मतअन्तरले विजयी भएका छन् ।
प्रधान काँग्रेसका उम्मेदवार देवेन्द्रराज कंडेललाई १५ हजार ३ सय ६५ मतअन्तरले पराजित गर्दै विजयी भएका हुन् ।
प्रधानले ३४ हजार ९ सय ५९ मत प्राप्त गर्दा काँग्रेसका देवेन्द्रराज कंडेलले १९ हजार ५ सय ९४ मत प्राप्त गरे पनि नेकपा एमालेका दिपेन्द्रकुमार अधिकारीले १४ हजार ४ सय ९८ मत प्राप्त गरे ।
पश्चिम नवलपरासी १ मा काँग्रेसका उम्मेदवार एवम् उद्योग पति विनोद चौधरी विजयी भएका छन् ।