नवलपुर धुलाे उडाउदै बिजेताहरूकाे विजयी जुलुस
घनश्याम बगाले —
नवलपरासी १० मंसिर । निर्वाचन जितेका उम्मेदवारलाई अहिले भ्याई नभ्याई भएकाे छ । कारण हाे जित पछि बिजय रेली सहित मतदातासंगकाे भेटघाट र बधाई शुभकामना लिनु ।
यस्तैमा नवलपरासीका नव निर्वाचित संघीय उम्मेदवार डा. शशांक काेईराला, बिष्णु बहादुर कार्की र पूर्वी प्रदेश (क) मा बिजयी महेन्द्रध्वज जिसी शुक्रबार धुलाे उडाउदै पूर्व र पश्चिम लागे ।
भूगाेलले निर्वाचन कार्यालय रहेकाे सदरमुकाम कावासाेती, नवलपुर जिल्लाकाे ठीक बीचमा पर्दछ ।
कावासाेतीबाट पूर्व निर्वाचन क्षेत्र नम्वर १ रहकाे छ भने पश्चिममा २ नम्वर क्षेत्र मध्यबिन्दु ,हुप्सेकाेट र बिनयी त्रिबेणी ।
पार्टी नेतृत्वले अघिल्लै सांझ जमघट स्थलकाे मार्गचित्र सार्वजनिक गरेपछि कांग्रेस कार्यकर्ता झण्डा लिएर पार्टी कार्यालय बिपी भवन पुगि हाले अनि सुरू भयाे बिजय यात्रा ।
लामाे रस्साकस्सी पछि चुनावी नतिजामा बिजय हासिल गरेका उत्साहित कार्यकर्ताले पनि यही माैकामा लाउड स्पिकरमा घन्किएकाे चुनावी गीतमा मज्जैले नाचेर नेताहरूसँग सेल्फी हाने ।
संयाेग या ढिलासुस्ती नवलपुरका यी दुवै क्षेत्रमा राष्ट्रिय गाैरवकाे चारलेन सडक असरल्ल र धुलाम्मे छ ।
यही धुलाेमा कार्यकर्ताले पनि आफ्ना नेता काेईराला,कार्की र प्रदेश बिजेता जिसीलाई खुला जिपमा हालेर चाेक चाैराहामा दाैडाई रहेकाछन ।
यस्तैमा कावासाेती फलफूल चाेक छेउ बिजयी उम्मेदवारलाई बधाई दिन आएका एक मतदाताले भने जनताले मात्र कति धुलाे खाने,आज त नाकमा धुलाे पस्दा चाल पाउलान नि अब त बाटाे बनाउनै पर्छ ।
चुनावी घरदैलाेमा बाटाे,पुल,बिजुली,खानेपानी,राेजगारी देखि सुकुम्बासी समस्या निराकरण सम्मकाे मागलाई पूरा गर्ने बाचा गरेका नेतालाई यहाँकाे मुख्य सडक बन्नमा भएकाे ढिलाई पहिलाे चुनाैती बनेकाे छ ।
गत भदौ महिना अगावै समय सिमा नाघेकाे चारलेन सडकमा परीक्षणकाे रूपमै थपिएकाे पछिल्लो समय अहिले निर्माण कम्पनीले काममा तिब्रता देखाएकाे छ ।
जनताले नव निर्वाचित सांसदहरूबाट यस सडककाे सिघ्र निर्माणका लागि खवरदारी र निरन्तरकाे ध्यान दृष्टिकाे अपेक्षा गरेकाछन् ।