निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण
नवलपरासी । मुख्य निर्वाचन अधिकृतको कार्यालय पूर्वी नवलपरासीले निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको छ ।
मतगणनास्थल कुमारवर्ती बहुमुखी क्यामपसको कुमारी भवनमा मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुईटेल तथा निर्वाचन अधिकृत कमलराज पन्थीले विजयी सांसदहरूलाई प्रमाणपत्र वितरण गरेकाे हाे ।
हालै सम्पन्न निर्वाचनमा प्रतिनिधसभातर्फ काँग्रेसका प्रा.डा. शशांक कोईराला र काँग्रेसकै विष्णुकुमार कार्की निर्वाचित भएका छन् ।
यसैगरी प्रदेशसभातर्फ निर्वाचित हुनेमा काँग्रेसका महेन्द्रध्वज जिसी, एमालेका रोशनबहादुर गाहा थापा, पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे रहेका छन् ।