पश्चिम नवलपरासीमा एमाले क्लिन स्वीप

प्रतिनिधि सभामा राप्रपा र काँग्रेस १/१, प्रदेशमा काँग्रेस ३, स्वतन्त्र १ जना निर्वाचित


गोपी ज्ञवाली —



नवलपरासी। पश्चिम नवलपरासीको मतपरिणामका आधारमा हेर्दा जिल्लामा नेकपाप एमाले क्लिन स्वीप भएको छ ।
त्यसैगरी अन्य कम्युनिष्ट पार्टीका उम्मेदवारहरु पनि पराजित भएका छन्।

संघीय निर्वाचन क्षेत्र २ वटा रहेको पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उमेदवार उद्योगपति विनोद चौधरी र २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार धु्रव बहादुर प्रधान निर्वाचित भएका छन् ।



त्यसैगरी प्रदेश सभा सदस्यका चार वटा निर्वाचन क्षेत्रहरु मध्ये २ (क) मा स्वतन्त्र उमेदवारको रुपमा खड्ग बस्नेतले विजय प्राप्त गरेका भने अन्य तीन वटा प्रदेश सभामा नेपाली कांग्रेसका उमेदवारहरु निर्वाचित भए पछि जिल्लामा कम्युनिष्ट पार्टीको उपस्थिति शून्य भएको छ ।

संघीय क्षेत्र नम्बर १ अन्तर्गतका क र ख दुबै प्रदेश सभाका क्षेत्रमा नेपाली कांग्रेसका उमेदवार क्रमशः विश्व पाठक, देवकरण कलवार (सन्तु) निर्वाचित भएका छन् भने प्रदेश सभा २ (ख) मा नेपाली कांग्रेसका उमेदवार बैजनाथ कलवार विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय नवलपरासीका सहायक निर्वाचन अधिकृत प्रेम पौडेलले बताए ।

पूर्वपश्चिम लोकमार्गमा रहेका सुनवल र वर्दघाट नगरपालिकामा नेकपा (एमाले) को संगठन बलियो रहेको मानिए तापनि संयुक्त गठबन्धनको तर्पmबाट उठेका उमेदवारका कारणले नेकपा एमालेका उमेदवारले दुबै स्थानमा पराजित भएका छन् भने नेकपा (माओवादी केन्द्र) को उमेदवार चिनक कुर्मी उठेको स्थान २ (क) मा नेकपा माओवादीको पार्टीको सदस्य परित्याग गरी स्वतन्त्र बनेका खडग बस्नेत स्वतन्त्र उमेदावरको रुपमा निर्वाचित भएका पछि जिल्लामा कम्युनिष्ट पार्टीको उपस्थिति शुन्य भएको छ ।



सम्बन्धित
Loading...
error: Content is protected !!