न्यानो हुप्सेकोट अभियानका अभियन्ता मदन मदन थापाद्वारा झाँतेमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण



प्रिय धन –

पूर्बी नवलपरासी नवलपुरको हुप्सेकोट गाउँपालिका ४ झांतेमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । न्यानो हुप्सेकोट अभियानका अभियन्ता मदन थापा वयम्बुले झांतेमा रहेको नवस्मृती प्राथमिक विद्यालयका ३९ जना बालबालिकालाई स्विर वितरण गरिएको हो ।



स्वर्गीय रचित मल्ल ठकुरीको स्मृतिमा बुबा महादेव मल्ल र आमा दीपा मल्लको आर्थिक सहयोगमा कपडा वितरण गरिएको अभियन्ता थापाले जानकारी दिए ।

जाड़ो समयमा न्यून आयस्रोत भएका परिवारका बालबालिकालाई विद्यालयसम्म पुग्नै पनि कठिन हुने भन्दै राहत पुर्याउने उद्देश्यले न्यानो कपडा वितरण गरिएको समाजसेवी महादेव मल्लले जानकरी दिए । आफु पनि दुःखमै हुर्कीएको बताऊंदै मल्लले स्वर्गीय छोरा रचित मल्लको समझनामा सहयोग गर्न पाउँदा केहि खुशी अनुभूति भएको बताए।

विद्यालयमा अध्ययनरत बालबालिकालाई यसरी सहयोग गरेकोमा विद्यालय लका व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर गाहा र प्रधानाध्यापक दान बहादुर रानाले धन्यवाद प्रकट गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर गाहाको अध्यक्षता तथा समाजसेवी महादेव मल्लको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । विद्यालयका शिक्षक बिन्दु अर्यालले संचालन कार्यक्रममा रीता चापगाईंले स्वागत मन्तव्य राखेका थिए ।



सम्बन्धित
Loading...
error: Content is protected !!