सेनेगल र नेदरल्यान्ड्स विश्वकपको नकआउट चरणमा, इक्वेडर बाहिरियो



सेनेगल विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा सनेगलले इक्वेडरमाथि २–१ गोलको जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

खलिफा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सेनेगललाई जित दिलाउन समाइला कार र कालिउड कोलिबेले एक–एक गोल गरे । यता इक्वेडरका लागि मोसेइस काइकेडोले एक गोल गरे ।



कारले खेलको ४४ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता लिदाए । खेलको ६७औं मिनेटमा काइकेडोल गोल गर्दै इक्वेडरलाई १–१ को बराबरीमा ल्याए । खेलको ७० औं मिनेटमा कालिउडले गोल गर्दै सेनेगललाई अन्तिम १६ मा पगाए ।

जितसँगै सेनेगलले ३ खेलबाट ६ अंक जोडेर समूह उप–विजेता बन्यो । यसै समूहमा नेदरल्यान्ड्सले ७ अंक जोडेर समूह विजेता बन्दै अन्तिम १६ मा पुग्यो ।

नेदरल्यान्ड्स विश्वकपको प्रि–क्वाटरफाइनलमा प्रवेश

विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कतारलाई २–० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको हो ।

अल बायात रंगशालामा नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाग्पो र डी योङ–योङले एक एक गोल गरे । ​गाग्पोले खेलको २६औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए । खेलको ४९औं मिनेटमा डी योङले गोल गर्दै नेदरल्यान्ड्सलाई अन्तिम १६ मा पुर्‍याए ।

नेदरल्यान्ड्सले ३ खेलबाट ७ अंक जोड्यो । नेदरल्यान्ड्स शीर्ष स्थानमा रह्यो । यसै समूहको सेनेगलले ६ अंक जोड्यो । सेनेगल पनि प्रि–क्वाटरफाइनलमा प्रवेश गर्यो ।



सम्बन्धित
Loading...
error: Content is protected !!