मौलाकालीका अपाङ्ग केन्द्रलाई आर्थिक सहयोग





१७ मंसिर, नवलपुर ।

मौलाकालीका अपाङ्ग केन्द्र सेवालाई ३१ औँ अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आर्थिक सहयोग गरिएको छ ।




नवलपुर जिल्लाको कावासोती नगरपालिका ८ निवासी पुनम सुवेदी र कृष्ण सुवेदीको दम्पत्तीले ७० हजार आर्थिक सहयोग गरेको हो ।

अपाङ्ग केन्द्रमा रहेको रिक्साको व्याट्री खराव भएपछि अपाङ्ग बालबालिकालाई विद्यालय लैजान र लिएर आउन समस्या भएको थियो । उक्त समस्यालाई मध्येनजर गर्दै सुवेदी परिवारले शनिबार केन्द्रमा नै पुगेर आर्थिक सहयोग गरेका हुन् ।

३१ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा शनिबार पुनम सवेदीका परवारले सयुंक्तरुपमा केन्द्रलाई चेक हस्तान्तरण गरेका हुन् ।




सम्बन्धित
Loading...