माघ २१ र २२ मा नेपाल बोटे समाजको राष्ट्रिय अधिवेशन, चितवनको माडीमा
चितवन । नेपाल बोटे समाजको राष्ट्रिय महाधिवेशन चितवनको माडीमा हुने भएको छ ।
नेपाल बोटे समाजका केन्द्रिय अध्यक्ष ज्ञानबहादुर बोटेका अनुसार माघ २१ र २२ गते चितवनको माडी नगरपालिका १ बनकट्टामा हुने भएको हो ।
१५ जिल्लाका गरी प्रतिनिधि ४५ जना प्रतिनिधि र प्रवेक्षक सहित ३ सय जनाको सहभागीतामा राष्ट्रिय अधिवेशन हुने अध्यक्ष बोटेले बताए ।
नेपाल २० हजारको हाराहारीमा बोटे समुदायको जनसंख्या रहेको छ । बोटे समुदाय नेपालकै अतिसीमान्तकृत जातिमा पर्दछ ।