चर्को दरको ब्याज तिर्न सक्दैनौः नवलपुरका व्यवसायी

 



रामकुमार श्रेष्ठ —

नवलपुर । पूर्वी नवलपरासीका उद्योगी व्यवसायीहरुले चर्को ब्याज तिर्न नसक्ने भन्दै आन्दोलनका तयारी गरेका छन् ।



८÷९ प्रतिशत ब्याज दरका लिएको ऋणको ब्याज एक बर्ष भित्र बढाएर झण्डै दोब्बर अर्थात साढे १५ प्रतिशत पुर्याएको र चर्का ब्याजदर तिर्न नसक्ने भन्दै आन्दोलनका तयारी गरेको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ड अर्यालले बताए ।

नवलपुर उद्योग वाणिज्य संघ, गैडाकोट उद्योग वाणिज्य संघ, मध्यविन्दु उद्योग वाणिज्य संघका पदाधिकारीहरुको उपस्थितिमा मंगलबार कावासोतीमा पत्रकार सम्मेलन गर्दै नवलपुरका उद्योगी व्यवसायीहरुले आन्दोलनको घोषणा समेत गरेका छन् ।

उनीहरुले भोलिदेखि नवलपुरका सम्पूर्ण वित्तिय तथा बैंकहरुमा ज्ञापन पत्र बुझाउने, पुस ५ गते कावासोतीको इन्द्र चोकमा दबाब स्वरुप हातमा कालो पट्टी बाँधेर हस्ताक्षर संकलन गर्ने, पुस ६ गते प्लेकार्ड सहित कावासोतीमा शान्तिपूर्ण विरोध र्याली निकाल्ने, संकलित हस्ताक्षर पुस ६ गते प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई बुझाउने लगायतका विरोधका कार्यक्रम सार्वजनिक गरेको नवलपुर उद्योग वाणिज्य संघका महासचिव सागर पोख्रेलले बताए ।

 

नवलपुरमा रहेका उद्योगी व्यवसायीहरु मध्ये ७० प्रतिशत उद्योगी व्यवसायीहरु ऋण तिर्न नसक्ने अवस्थामा पुगेको नवलपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष डासुराज पोख्रेलले बताए ।

 

 



सम्बन्धित
Loading...
error: Content is protected !!