नवलपुर प्रशासनमा बुझाए ब्यवसायीले हस्ताक्षर, सकियो दोस्रो चरणको आन्दोलन



खगेन्द्र पराजुली —

नवलपुर । बैक तथा वित्तीय संस्थाको चर्को ब्याजविरुद्ध आन्दोलनका क्रममा संकलित हस्ताक्षर बुझाएसँगै नवलपुरका ब्यवसायीहरुको दोस्रो चरणको आन्दोलन सकिएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयका प्रमुख सुमन घिमिरेमार्फत प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नर समक्ष पुग्ने अपेक्षा सहित संकलित करीव एक हजार हस्ताक्षरको ब्यानर उद्योग वाणिज्य संघका पदाधिकारीले बुझाएका छन् ।



पहिलो चरणको आन्दोलनकै क्रममा ज्ञापन पत्र बुझाए पनि ब्यवसायीका माग सम्वोधन नहुँदा दोस्रो चरणको आन्दोलन गर्नुपरेको नवलपुर उद्योग बाणिज्य संघका महासचिव सागर पोख्रेलले बताए ।

कावासोतीमा संकलित हस्ताक्षर ब्यानर नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ प्रसाद अर्याल, निवर्तमान अध्यक्ष डाँसुराज पोख्रेल लगायतले वुझाएका थिए भने देवचुलीमा संकलित हस्ताक्षर देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सूर्य दवाडी, निवर्तमान अध्यक्ष रेशमलाल सापकोटा, संस्थापक अध्यक्ष एवं उद्योग वाणिज्य महासंघ गण्डकीका सदस्य धर्म बस्याल, वरिष्ठ उपाध्यक्ष तेज प्रसाद न्यौपाने, महासचिव विनोद सिलवाल लगायतले हस्तान्तरण गरेका हुन् ।

हस्ताक्षर ग्रहण गर्दै प्रजिअ घिमिरेले आफूलाई सुम्पेको जिम्मेवारी हस्ताक्षर सामग्री माथी पठाईदिने वताए । प्रजिअ घिमिरेले मौद्रिक नीतिसँग सम्वन्धित विषय भएकाले यो विषयको सम्वोधन माथिल्ला सरोकारवाला निकाएवाटै होस् भन्ने सुभेच्छा प्रकट गरे ।

हस्ताक्षर हस्तान्तरण कार्यक्रममा विभिन्न बस्तुगत पेशा–ब्यवसायीहरुको संस्थागत रुपमै उपस्थिति रहेको थियो । विरोध प्रदर्शनका रुपमा समेत आयोजित र्यालीमा नवलपुरका मिल, ग्रिल, औषधि, सुनचाँदी, हार्डवयर, विजुली, वितरक, ब्युटिसियन लगायतका बस्तुगत संघहरुबाट समेत ब्यानर सहित उललेख्य सहभागिता रहेको थियो ।

प्रशासन कार्यालयको गेट अगाडी रोकिएको र्यालीलाई नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ अर्यालले आफ्नै हकहितका लागि गरिएको पहिलो र दोस्रो चरणको आन्दोलनमा साथ सहयोग गर्नुहुने सवैलाई धन्यवाद दिदै आफ्ना माग पुर नभए थप आन्दोलनका लागि तयार रहन उद्योगी ब्यवसायीलाई आग्रह गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय पुग्नुअघि कालो ब्यानर, विभिन्न नारा सहितका प्लेकार्ड बोकेका ब्यवसायीहरुले इन्द्रचोक–थानाचोक–फलफूलचोक–नगरपालिकारोड–सभापतिचोक हुँदै जिल्ला प्रशासन कार्यालयसम्म पदयात्रा सहित र्याली प्रदर्शन गरेका थिए ।



सम्बन्धित
Loading...
error: Content is protected !!