लक्ष्मी आदर्श आधारभूत विद्यालयद्वारा चन्दादाताहरुलाई सम्मान


प्रिय धन ,




पूर्वी नवलपरासीको मध्यविन्दु ७ अम्रसामा रहेको लक्ष्मी आदर्श आधारभूत विद्यालयले शनिबार चन्दादाता , अक्षयकोषदाताहरुलाई सम्मान गरेको छ । विद्यालयको भवन निर्माण , सरस्वती मन्दिर निर्माण लगायत विभिन्न आर्थिक , शैक्षिक तथा भौतिक सहयोग गर्ने सहयोगीहरुलाई विद्यालयले समझना स्वरुप दाता दिवस डोनर डे मनाईएको विद्यालयका प्रधानाध्यापक ऋषिराम भुसालले जानकारी दिनुभयो  ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्नुहुँदै मध्यविन्दु ७ का वडा अध्यक्ष कर्ण बहादुर मल्लले शिक्षाले नै समाज विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले अभिभावकले आफ्ना बालबालिकको चासोस्वरुप महिनामा कम्तिमा पनि एकपटक विद्यालय उपस्थित हुनुपर्ने धारणा राख्नुभयो । साथै वडा अध्यक्ष मल्लले आफुले सकेको सहयोग गर्ने र हालका लागि व्यक्तिगत तर्फ़बाट २५ हजार रुपैययाँको अक्षयकोष खड़ा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो  । यस्तै पूर्व वडाअध्यक्ष तथा मध्यविन्दु नगरपालिकाका प्रमुखको सल्लाहकार अमृत प्रसाद ज्ञवालीले आफुले आंटेको काम पूरा गरेरै छाडेको जिकिर गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा लक्ष्मी आदर्श आधारभूत विद्यालयलाई नमूना आधारभूत विद्यालय बनाउने योजना पुरा गर्नमा सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै सदैव विद्यालयको विकासका निम्ति सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो  ।




कार्यक्रममा कार्यपालिका सदस्य तथा वडा नम्बर ७ का वडा सदस्य शिव कुमारी मल्लले आफ्नो तर्फ़बाट हुने सहयोगका लागि कुनै कसर बाँकि नराख्ने बताउनु भयो   यस्तै  नेपाल लोकसेवा मावि मध्यविन्दु ९ बसन्तपुरका प्रधानाध्यापक लेखराज भण्डारी राजुले  शिक्षा प्रदानका क्रममा धेरै चुनौती रहेको र चुनौती चिर्न कुशल प्रशासकको खांचो हजने भन्दै हाल सम्मको सहयोगका लागि सम्पूर्ण चन्दादातालाई धन्यवाद समेत प्रकट गर्नुभयो ।  “छिमेकी विद्यालयको नाताले म प्रत्येक कार्यक्रममा हुन्छु , यहाँको विद्यालयबाट उत्पादन भएका विद्यार्थीले नै मेरो विद्यालयमा सफल भई मेरो समेत नाम राखेका छन्  , खुसी लाग्छ  ”  प्रधानाध्यापक भण्डारीले भन्नुभयो ।

कार्यक्रममा मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष केदार प्रसाद पराजुली , अम्रसां सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लाल बहादुर मल्ल , रेशम फिरिरी नेपाल संस्थाका सचिव तारा प्रसाद न्यौपाने  लगायतले विद्यालयको प्रगतिको बारेमा कुरा राख्दै  आफुहरुसमेत चन्दादाताको हिसाबले सम्मानित हुँदा गर्वले छाती फुलेको बताउनु भएको थियो । कार्यक्रममा करिब १०० जना सहयोगीहरुको उपस्थिति रहेको थियो  ।

कार्यक्रमको समापन गर्ने क्रम विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद पोखरेलले समाजमा अभिन्न अंगको रुपमा रहेको विद्यालयको चौतर्फी विकासका लागि हातेमालोलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो  ।
स्वागत मन्तव्यका क्रममा विद्यालयका प्रधानाध्यापक ऋषिराम भुसालले यो समाजमा जस्तो सहयोगी अन्य ठाऊंमा आफुले नदेखेको भन्दै सम्पूर्णमा आभार प्रकट गर्नुभएको थियो  ।

उपस्थित सम्पूर्ण सहयोगीले शैक्षिक सुधारका लागि शिक्षक , व्यवस्थापन समिति , अभिभावक संघले खेलेको भूमिकाको खुलेर प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए  ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद पोखरेलको अध्यक्षता तथा मध्यविन्दु  ७ का वडा अध्यक्ष कर्ण बहादुर मल्लको प्रमुख आतिथ्यतामा चलेको कार्यक्रमको संचालन  सहायक प्रधानाध्यापक प्रिय धनले गर्नुभएको थियो  ।




सम्बन्धित
Loading...