नवलपुरः किसान सहकारीमा ५ लाख बढी चोरी





नवलपुरः किसान सहकारीमा ५ लाख बढी चोरी

रामकुमार श्रेष्ठ —




नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १० भेडाबारीमा रहेको किसान वचत तथा ऋण सहकारी संस्थामा चोरी भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार राति ३ जनाको समूहमा आएका समूहले सहकारीको गैडाकोट १० भेडाबारीमा रहेको अफिसको सटर फोडी अफिस कोठा भित्र सेफमा रहेको ५ लाख ९१ हजार रुपैयाँ नगद चोरी गरेको हो ।

३ जनाको समूहमा आएका लुटेराले किसान वचत तथा ऋण सहकारी संसथाको नजिकै रहेको मुकुन्द सेन दुध संकलन केन्द्र भेडाबारीमा काम गर्ने स्थानीय कृष्ण पाण्डेलाई मुख र आँखामा पट्टी बाँधी कोही कसैलाई भने मारिदिन्छु भनेर धम्काइ लुटपाट गरेको जनाएको छ ।

प्रहरीले अहिले अनुसन्धान कार्य अगाडि बढाएको र बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाबाट तालिम प्राप्त कुकुर मगाएर थप अनुसन्धान गर्ने जनाएको छ ।




सम्बन्धित
Loading...