नवलपुरमा सिमकार्ड किने झै लाइसेन्स किन्न पाइएपछि





रामकुमार श्रेष्ठ —

नवलपरासी । उपप्रधान तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात विभागमा अनुगमनमा गएपछि काठमाडौं भित्रका कतिपय यातायाता कार्यालयमा भएका विचौलियाहरुलाई धमाधम पक्राउ गर्न शुरु गरेको छ तर नवलपुरमा रहेको यातायात कार्यालयमा भने विचौलियादेखि कर्मचारीसम्म मिलेर नेपाल टेलिकमको सिमकार्ड वितरण गरेझै ठूलो रकम लिएर सवारी चालक अनुमति पत्र दिने गरेका छन् ।




आवेदन फारम भर्दादेखि विचौलियालाई रकम बुझाएर शुरु हुने लेनदेन ट्रायल फेल भएर लाइलसेन्स लिदासम्म हुने गरेको छ । यसरी लाइसेन्स लेनदेन गर्दा मोटरसाइकल वा स्कुटीको हकमा २० देखि ३० हजारसम्म र कारको हकमा ३० देखि ८० हजार रुपैयाँसम्म लाइसेन्स निकाल्न चाहानेले खर्च गर्ने गरेको छ ।

देश संघीयतामा आएपछि नवलपुर जिल्लाको कावासोतीमा यातायात कार्यालय स्थपाना भएसँगै यहाँ लेनदेनमा सवारी चालक अनुमति पत्र लाइसेन्स किनबेच शुरु भएको हो त्यो क्रम अहिले पनि रोकिएको छैन ।

कावासोतीका स्थानीय बासिन्दा राजकुमार श्रेष्ठका अनुसार लाइसेन्स निकाल्न फर्म भरेको ५०० रुपैयाँदेखि २ हजार रुपैयाँसम्म बुझाएर शुरु हुने लेनदेन लिखित पास हुन सेटिङ्ग मिलाए वापत २ हजार, मेडिकल पास सेटिङ्ग २ हजार र ट्रायल पास गराउन १५ देखि २० हजारसम्मको लेनदेन हुने गरेको छ । श्रेष्ठले भने सिम कार्ड बेचेझैं पैसा लिएर लाइसेन्स बेचेका छन् ।

यसरी लेनदेन मिलाउनका लागि कार्यालयका कर्मचारीसँग कार्यालय आसपास रहेका ड्राइभिङ्ग सेन्टर र प्रगतिनगर, रजहरसम्म रहेको ड्राइभिङ्ग सेन्टरका सञ्चालकहरुले विचौलियाको काम गर्ने गर्दछ । नवलपुरमा अहिले १ दर्जन बढी ड्राइभिङ्ग सेन्टर रहेको छ ।

यातायात कार्यालय कावासोतीका प्रमुख टेकबहादुर घर्तीले भने यस बारेमा आफूलाई कुनै जानकारी नभएको भन्दै उम्कने प्रयास गरे । कार्यालय भित्रै दैनिक लेनदेन हुने गरेपनि कार्यालय प्रमुख घर्तीले अनभिज्ञता प्रकट गरेका घर्तीले त्यस्तो हुने गरेको भए आफूले कारवाही अगाडि बढाउने बताए ।

घर्तीले भने – त्यस्तो भएको जानकारी मलाई छैन । भएको रैछ भने म कारवाही अगाडि बढाउँछु ।

ट्रायल वा लिखित फेल भएका वा मेडिकल पास नभएकाहरुले पटक पटक लिखित वा ट्रायल परीक्षा दिन झन्झट मान्ने गरेका कारण विचौलियाहरुले चाडो काम सकिदिने भन्दै रकम असुली गरेर कार्यालयका कर्मचारीहरुकै मिलेमतोमा सेटिङ्ग गर्ने गर्दछन् ।

यातायात कार्यालय नजिकै ड्राइभिङ्ग सेन्टर खोलेका एक जना सञ्चालकले भने – २५ हजार भन्दा तल लिएर काम गराउनै गाह्रो छ कार्यालय भित्रकै कर्मचारीहरुलाई २२–२३ हजार दिनु पर्छ हामीले लिने तर २–३ हजार मात्र हो ।

यातायात कार्यालय कावासोतीमा अहिले मोटरसाइकल, स्कुटी, जिप, कार लगायतका सवारी साधनको सवारी चालक अनुमति पत्रका लागि परीक्षा लिने र लाइसेन्स दिने गर्दै आएको छ ।




सम्बन्धित
Loading...