कावासोती खानेपानीमा नवनिर्वाचित समितिकाे शपथ तथा पदभार ग्रहण





कावासोती । कावासोती नगरपालिकामा अवस्थित कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका नवनिर्वाचित कार्यसमिति, लेखा समितिको शपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रम आज भएको छ ।

नवौँ अधिवेशनबाट निर्वाचित कार्यसमिति, लेखा समितिको पदभार ग्रहण कार्यक्रम आज भएको हो । साथै निर्वाचितहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ । कार्यक्रममा विभिन्न वडाबाट प्रतिनिधित्व गर्ने साधारणसभा सभासदहरूलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो ।




खानेपानी निर्वाचनका मुख्य निर्वाचन अधिकृत गणेश सापकोटाको अध्यक्षता तथा निवर्तमान सांसद तिलक महतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलक महतले नवनिर्वाचित सबैमा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तिलक महत सहित माओवादी केन्द्रका पोलिट व्युरो सदस्य किसन शर्मा , एमाले जिल्ला कमिटी अध्यक्ष मुक्तिराम पाण्डे, नेपाली कांगे्रसका नेता कपिलदेव भुसाल, महेन्द्र पोखे्रल, राप्रपा जिल्ला सचिव गुणखर काफ्ले , खानेपानी जिल्ला महासंघका अध्यक्ष खिमानन्द भुसाल, कावासाेती खानेपानीका निर्वतमान अध्यक्ष भिमलाल कंडेल, शिवप्रसाद भट्टराई लगायत विभिन्न व्यक्तिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा शपथग्रहण पश्चात बोल्दै नवनिर्वाचित अध्यक्ष दिपकराज लम्सालले आफूले निर्वाचनका समयमा गरेका प्रतिवद्धता अनुसार कामगर्दै जाने बताउनुभयो । सबैको साथ सल्लाह र सहकार्यमा खानेपानी संस्थालाई थप मजबुत बनाउने काममा आफू लाग्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो । नबौँ अधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको रहने छ ।




सम्बन्धित
Loading...