कावासोतीमा बस पल्टिँदा १९ घाइते
महेन्द्र राजमार्गअन्तर्गत कावासोती जंगलमा आइतबार दिउँसो करिब ४ बजे बस पल्टिँदा १९ जना घाइते भएका छन् ।
बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ प ३७२ नम्बरको बस ब्रेक फेल भएर कावासोती र लोकाहाबीचको खर्कट्टा जंगलमा पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते सबैको जिल्ला अस्पताल डन्डामा उपचार भइरहेको जिल्ला प्रहरीले जनायो ।
घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
पट्टा भँचिएर ब्रेक नलागेपछि बस सडकदेखि तल पल्टिएको सूचाना अधिकारी तथा प्रहरी नायव उरीक्षक सन्तोष पाठकले जानकारी दिए ।