विराटनगर नेपाल टी-ट्वान्टी क्रिकेटको फाइनलमा



काठमाडौं । विराटनगर सुपर किंग्स पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगको फाइनलमा प्रवेश गरेको छ ।

टियू क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै विराटनगर फाइनलमा पुगेको हो ।



विराटनगर सुपर किंग्सले दिएको १ सय ६८ रनको लक्ष्य जनकपुरले १९.१ ओभरमा अलआउट हुँदै १ सय २८ रन बनायो । विराटनगरका लागि चाडविक वाल्टनले ५१ रनको अर्धशतकीय पारी खेले ।

जनकपुरका लागि राज नाननले ३ विकेट लिए । कियोन जोसेफले ३ तथा नन्दन यादवले २ विकेट लिए । सुर्य तामाङले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।

विराटनगरका लागि गौरान्शु शर्मा ४२ रनमा आउट हुँदा अर्जुन साउदले ३५ रन बनाए । जनकपुरका लागि जितेन्द्र मुखियाले २ तथा सोमपाल कामी, सरफुदिन असरफ, ललित नारायण राजवंशी र शमीउल्लाह शिनवारीले समान १/१ विकेट लिए ।

अब विराटनगरले फाइनलमा लुम्बिनी अल स्टारसँग खेल्ने छ । पहिलो क्वालिफायरमा जित निकाल्दै लुम्बिनीले फाइनलमा स्थान पक्का गरिसकेको छ । लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै, उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।



सम्बन्धित
Loading...