नवलपुरका गाहा बने नेकपा एमाले गण्डकीका सचेतक
नवलपुरका गाहा बने नेकपा एमाले गण्डकीका सचेतक
पोखरा । गण्डकी प्रदेशमा एमाले संसदीय दलको प्रमुख सचेतकमा रोशन गाहा मगर नियुक्त भएका छन् ।
मुख्यमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता खगराज अधिकारीले विश्वासको मत लिने अघिल्लो दिन गाहालाई प्रमुख सचेतक चयन गरेका हुन् ।
गाहा गण्डकी प्रदेशमा एमालेबाट लगातार दोस्रो पटक जितेर आउने एकमात्र सांसद हुन् ।
संविधान सभा सदस्यसमेत रहेका गाहालाई २०७४ सालमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वकै सरकारमा मन्त्री बनाउने तयारी थियो ।
मुख्यमन्त्री खगराजले ३ पार्टीका ३ जनालाई मन्त्री बनाउँदा गाहा सरकारमा सहभागी भएनन् ।
एमालेबाट सीता सुन्दास, नेकपा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र राप्रपा संसदीय दलका नेता पञ्चराम तमु बिना विभागीय मन्त्री बनेका छन् ।