नवलपरासीमा ट्रककाे ठक्करबाट पिकअप चालककाे निधन



नवलपरासीमा ट्रककाे ठक्करबाट पिकअप चालककाे निधन

रामकुमार श्रेष्ठ –
नवलपरासी – पश्चिम नवलपरासीकाे सुनवल नगरपालिका ४ अल्कनेडाँडामा शुक्रबार विहान ट्रककाे ठक्करबाट पिकअप चालककाे निधन भएकाे छ ।



पूर्व पश्चिम राजमार्गकाे बुटवल नारायणगढ सडक खण्डकाे सुनवल ४ मा ना ४ च ९६३१ नम्बरकाे पिकअपलाई ना ५ ख ९७१५ नम्बरकाे ट्रकले ठक्कर दिँदा पिकअप चालककाे निधन भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक भाेजराज पाण्डेयका अनुसार दुर्घटनामा परी पिकअप चालक चितवनकाे भरतपुर महानगरपालिका १४ शिवनगर निवासी ५२ बर्षीय राजकुमार विककाेफनिधन भएकाे हाे ।

दुर्घटनामा परी गम्भीर घाईते विककाे उपचारकाे क्रममा पृथ्वी चन्द्र अस्पताल परासीमा आज विहान निधन भएकाे हाे ।

दुर्घटनामा परी टिप्परमा सवार भरतपुर महानगरपालिका वार्ड नं २३ बस्ने २५ बर्षका शिव श्रेष्ठ गम्भीर घाईते भएका छन् । उनकाे देवदह मेडिकल कलेज भलुही रूपन्देहीमा उपचार भईरहेकाे छ ।

ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेकाे प्रहरीले जनाएकाे छ ।



सम्बन्धित
Loading...
error: Content is protected !!