कावासोतीमा नगर स्तरीय ५ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न

कावासोती , गोविन्द नेपाली —



नवलपुरको कावासोतीमा नगर स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । आज कावासोती–१७ मा रहेको सरस्वती मावि गोछडामा ५ औँ राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता सप्पन्न भएको हो । तीन दिन सम्म चलेको प्रतियोगिताको आज निवर्तमान गण्डकी प्रदेश सभा सांसद बिष्णु प्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो ।

प्रतियोगितामा कावासोती नगरपालिका भित्रका २७ माध्यामिक बिद्यालय र ३ वटा कलेज गरि ३० वटा विद्यालयहरुको सहभागिता रहेको थियोे । प्रतियोगितामा एथलेटिक्स तर्फका विभिन्न बिधा सहित भलिवल, कपर्दी, टेकवान्दो र सितोरिया तर्फका १७ खेलहरु खेलाइएको थियोे ।



३ दिनसम्म चलेको प्रतियोगिताबाट प्रथम र द्धितिय हुने खेलाडि जिल्ला स्तरिय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगतामा छनौट भएका छन् । कावासोती नगरपालिकामा विभिन्न स्थान जित्नेहरुमा ८ स्वर्ण ५ रजत ३ कास्य सहित जनता मा.बि. बिष्णु नगर प्रथम, ७ स्वर्ण २ रजत २ कास्य सहित जनता मा. बि त्रिभुवनटार द्वितिय र ५ स्वर्ण ५ रजत र ४ कास्य सहित मध्यबिन्दु बहुमुखी क्याम्पस तृतीय भएका हुन ।
आज भएको समापन कार्यक्रममा बौल्दै प्रमुख अतिथि निवर्तमान प्रदेश सभा सदस्य लामिछानेले खेलकुद स्वाथ्यका लागि खेलकुद , राष्ट्रकका लागि खेलकुद भएको र अब खेलाडी लाई अरु पेसामा जस्तै नाम र दाम हुन सके मात्र नेपाली खेल जगतको बिकाश र खेलाडी पलायन रोकिने बताए ।

लामिछानेले खेल क्षेत्रले व्यक्तीको स्वास्थ्यमा सुधार मात्रै नभई राष्ट्रलाई विश्वव्यापी रुपमा चिनाउन सहयोग पुग्ने बताउनु हुँदै सबै बिजेता खेलाडीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरे । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता प्रारम्भिक रुपमा खेलाडी उत्पादन गर्ने प्रमुख थलो भएको भन्दै उनले खेलमा सहभागी विद्यालयलाई बधाई तथा शुभकामना दिए ।

कार्यक्रम कावासोती नगरपालिका प्रमुख बिष्णु प्रसाद भुसालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख भुसालले विद्यालय स्तरमा खेल सुधारका लागि नगरले आगामी दिनमा विशेष खालको कार्यक्रम अघि बढाउने बताए ।

समापन कार्यक्रम पूर्व भएको औपचारिक कार्यक्रममा नगरपालिका नगर शिक्षा अधिकारी क्षेत्र बहादुर भण्डारी, १७ का वडा अध्यक्ष चुरामणि थनैत , वडा न १५ का वडा अध्यक्ष तेजकुमार श्रेष्ठ लगायत विभिन्न वडाका जनप्रतिनिधि , जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुन, नेपाल शिक्षक संघ नवलपुरका सचिव एवं जनता माविका प्रधानाध्यापक गिरिराज गिरी, सरस्वती माविमा प्रधानाध्यापक फणेन्द्र पौडेल, खेल संयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युक्त प्रसाद गौडेल, मध्यबिन्दु बहुमुखी क्याम्पका प्रमुख गणेश मान गिरी लगायतको उपस्थिती रहेको थियो ।

आगामी २०८० सालको छैठौं नगर स्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शान्ति निकुञ्ज मा. बि कावासोती १२ पिठौलीमा हुने भएको छ भने कार्यक्रमको संचालन खेल संयोजक डिल्ली राम न्यौपानेले गरेका थिए ।



सम्बन्धित
Loading...
error: Content is protected !!