नवलपरासीमा ४ लाख बराबरको अबैध चौयापा नियन्त्रणमा





रामकुमार श्रेष्ठ –

नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले अवैध रुपमा भन्सार छली भारतबाट नेपाल ल्याउँदै गरेको ४ लाख बराबरको पशुचौपाया नियन्त्रणमा लिएको छ ।




खुल्ला सीमानाको फाइदा उठाउदै अबैध रुपमा पशुजन्य चौपायाहरु भित्राउने गरेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको टोलीले नवलपरासीको प्रतापपुर गाउँपालिका ४ हरपुराबाट नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताए ।

साढे दुई लाख रुपैयाँ बराबरको ५ वटा भैसीं र एक लाख ५० हजार मूल्य बराबरको ६ वटा पाडासमेत गरी जम्मा ४ लाख बराबरको अवैध चौपाया बरामद गरिएको पाण्डेले बताए ।

प्रहरीले अबैध चौपाया ल्याउने भारतको महाराजगंज जिल्ला झुल्निपुर बस्ने सुन्दर पाल र रामचन्द्रही बस्ने मकरुदिन अनसरीलाई नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय महेशपुर पठाइएको प्रहरीले जनाएको छ ।




सम्बन्धित
Loading...