जहाज दुर्घटनामा निधन भएका कावासोतीका श्रेष्ठको निवासमा शोक सभा
रामकुमार श्रेष्ठ –
नवलपुर । माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको जहाज दुर्घटनामा परी ज्यान गुमाएका कावासोती ६ निवासी मोहन प्रकाश श्रेष्ठको छठौं दिनको स्मृतिमा आज उनकै निवासमा शोक सभा गरिएको छ ।
नेवा देय दबु कावासोती नगर कमिटिको आयोजनामा शोक सभा गरिएको हो । शोक सभामा शिकाः नेवा गुठी कावासोतीका अध्यक्ष एवम् नेवा देव दयु गण्डकी प्रदेशका सल्लाहाकार रामचन्द्र श्रेष्ठले मृतक मोहनप्रकाश श्रेष्ठको जीवनीमाथि चर्चा गरेका थिए ।
कृषि ज्ञान केन्द्र म्याग्दीका प्राविधिक शाखाका अधिकृत श्रेष्ठको बनेपा ससुरालीबाट काठमाडौंहुँदै पोखरामा परीक्षा दिन जाने क्रममा दुर्घटनामा परेका थिए ।
३५ बर्षीय श्रेष्ठको छैठौं दिनको स्मृतिमा आयोजित शोक सभाको नेवा देय दबु नवलपुरका सचिव रामकुमार श्रेष्ठको सञ्चालनमा भएको थियो । शोक सभामा नेवा देव दबु गण्डकी प्रदेशका सचिव अर्जुनकुमार श्रेष्ठ, कोषाध्यक्ष भुपराज श्रेष्ठ, नेवा देय दबु नवलपुरका वरिष्ठ जिल्ला उपाध्यक्ष मित्रलाल श्रेष्ठ, जिल्ला सदस्यहरु राजकुमार श्रेष्ठ, रामजी श्रेष्ठ, नगर कोषाध्यक्ष बुद्धराज श्रेष्ठ, नगर सदस्य रामप्रसाद श्रेष्ठ, शिकाः नेवा गुठीका पदाधिकारी तथा सदस्यहरु लगायतका सहभागिता रहेको थियो ।
जहाज दुर्घटनामा परि निधन भएका श्रेष्ठका परिवार अहिले शोकमा रहेका छन् । जहाज दुर्घटनामा परी जहाजमा सवार ७२ जना सबैको निधन भएको थियो ।