खाग चोरी भएको अवस्थामा दुई वटा गैडा मृत अवस्थामा फेला

file photo


रामकुमार श्रेष्ठ –

नवलपरासी । पूर्वी नवलपरासीमा दुई वटा गैडालाई सिकारीले मारेको अवस्थामा फेला परेको छ ।



शुक्रबार दिउँसो साढे १२ बजेतिर उक्त दुई वटा गैडा मृत अवस्थामा फेला परेपछि नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेनाको टोली घटना स्थलमा परिचालन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।

तिवारीका अनुसार एउटा माउ गैडा र एउटा भाले बच्चा गैडा मृत अवस्थामा फेला परेको हो । दुवै गैडालाई करेन्ट लगाएर मारिएको जस्तो देखिएको, गैडा मृत फेला परेको नजिकै विद्युतीय तार समेत भेटिएको तिवारीले बताए ।

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका २ सीतापुर सेहेरी नजिकै नारायणी नदीको भंगालोमा दुई वटा गैडा मृत फेला परेको हो । माउ गैडाकोट सिंङ कोटेर लगेको र बच्चाको भने सुरक्षित रहेको तिवारीले बताए ।

नारायणी नदी वारी घाँस चर्न आएको समय पारेर शुक्रबार विहान पख सिकारीले गैडा मारेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक तिवारीले बताए ।

घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...
error: Content is protected !!