१५ औं राष्ट्रपति रनिङ सिल्डमा जनता मावि त्रिभुवनटार प्रथम

गोविन्द नेपाली —



नवलपुरको १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल प्रतियोगिता २०७९ सम्पन्न भएको छ । कावासोती वडा नं. ६ मा रहेको जनता माध्यमिक विद्यालय, विण्णुनगर र कावासोती १४ मा रहेको जनता माध्यमिक विद्यालय त्रिभुवनटारले बराबर पदकसहित प्रथम भएका छन् । प्रथम भएका विद्यालयले ५ स्वर्ण र २ कास्य प्राप्त गरेका छन् ।

सरस्वती माध्यमिक विद्यालय कावासोती १७ गोछडामा सञ्चालन भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भीमसेन नमुना मा वि देवचुलीले ४ स्वर्ण ५ रजत र ६ कास्य सहित द्वितिय स्थान हासिल गरेको छ ।



त्यसैगरी ४ स्वर्ण सहित त्रिभुवन मा वि बुलिङ्कार तृतीय भएको छ । सरस्वती मा वि गोछडामा यहि माघ ७, ८ र ९ गते गरि तीन दिनसम्म सञ्चालन भएको हो । त्यसैगरी एथ्लेटिक्स तर्फ ५ स्वर्ण सहित सर्वप्रथम जनता मा वि त्रिभुवनटार, ४ स्वर्ण २ कास्य सहित जनता माध्यमिक विद्यालय बिष्णुनगर सर्वद्वितिय र ४ स्वर्ण सहित त्रिभुवन मा वि बुलिङ्टार सर्वतृतीय भएको छ । एथ्लेटिक्समा सर्वोत्कृष्ट छात्र तर्फ बिष्णुनगरका लेखबहादुर झेडी, छात्रातर्फ बुलिङ्टारकी भगवती राम्जाली भएकी छन् ।

प्रतियोगितामा नवलपुर जिल्ला भरका ३२ वटा विद्यालयहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा एथलेटिक्सतर्फका विभिन्न बिधा सहित भलिवल, कपर्दी, टेकवान्दो र सितोरिया तर्फका सहित १७ खेलहरु खेलाइएको थियो । प्रथम हुने खेलाडीहरु गण्डकी प्रदेशमा हुने प्रदेश स्तरीय खेलमा जिल्लाबाट सहभागी हुने अवसर पाउने छन् ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुनको अध्यक्षतामा भएको समापन कार्यक्रमको प्रमुख अतिथि कावासोती नगरपालिकाका उपमेयर फुलकुमारी थनेत रहनु भएको थियो । कार्यक्रममा कावासोती नगर शिक्षा प्रमुख क्षेत्रबहादुर भण्डारी, शिक्षा समन्वय प्रमुख रूद्र शर्मा, कावासोती वडा नं। १२ का वडा अध्यक्ष धुर्ब खनाल ९दिपेश०, कावासोती १७ का वडा अध्यक्ष चुरामणि थनैत, विभिन्न विद्यालयका प्रधान अध्यापकहरु, खेल संयोजन विद्यालय सरस्वती मा वि गोछडाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युक्त प्रसाद गौडेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न विधामा प्रथम, द्वितिय र तृतीय हुने विद्यार्थी खेलाडी, सर्वोत्कृष्ट हुने खेलाडी, सर्वप्रथम हुने विद्यालयलाई नगदसहित ट्रफी, मेडल र प्रमाण पत्रले सम्मान गरिएको थियो ।

विभिन्न सांकृतिक कार्यक्रमसहित समापन गरिएको कार्यक्रममा विभिन्न सहयोगी संघ, संस्था र समूहहरूलाई पनि सम्मान गरिएको थियो ।

अर्को बर्ष हुने १६ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको लागि कावासोती १२ मा रहेको शान्ति निकुञ्ज माध्यमिक विद्यालयलाई झण्डा हस्तान्तरण गरिएको थियो ।



सम्बन्धित
Loading...
error: Content is protected !!