गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पायो पूर्णता



गण्डकी प्रदेशमा ७ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

यसअघि मुख्यमन्त्री अधिकारीसहित ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको थियो । मंगलबार ३ मन्त्रीलाई नियुक्त गरेर अधिकारीले ७ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका हुन् ।



मंगलबार मन्त्री नियुक्त हुनेमा एमालेका रोशन गाहा मगर र वेदबहादुर गुरुङ ‘श्याम’ छन् । यस्तै, माओवादीबाट रेशमबहादुर जुग्जालीलाई पनि मुख्यमन्त्री अधिकारीले मन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहा मगरलाई आर्थिक मामिला मन्त्रालय, एमालेकै सीता सुन्दासलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा दिएका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री, माओवादीकै रेशम जुग्जाली उद्योग,पर्यटन, वन तथा वतावरण मन्त्री, राप्रपाका पञ्चराम तमु सामाजिक विकास तथा स्वास्थ्यमन्त्री र एमालेका वेदबहादुर गुरुङ कृषि तथा जलस्रोत मन्त्री बनेका छन् ।



सम्बन्धित
Loading...
error: Content is protected !!