नवलपुरमा २८ जना कुष्ठरोगीका विरामी





रामकुमार श्रेष्ठ —

नवलपरासी । पूर्वी नवलपरासीमा २८ जना कुष्ठ रोगीका विरामी पाइएको छ ।




स्वास्थ्य कार्यालय नवलपुरका अनुसार नवलपुरमा अहिले कडा खालका कुष्ठ रोग भएका २७ जना र समान्य कुष्ठ रोग भएका १ जना गरी २८ जना कुष्ठ रोगीहरु रहेको जनाइएको छ ।

स्वास्थ्य कार्यालय नवलपुरका ल्याब टेक्निसियन डिल्लीराम तिवारीका अनुसार कडा कुष्ठ रोग भएका विरामीले १ बर्ष र सामान्य कुष्ठ रोग भएकाले ६ महिना नियमित औषधि खाएपछि यो रोग निको हुने गर्दछ ।
एनका अनुसार नयाँ फेला परेका रोगीमा अंगभंग हुने समस्या नदेखिएपनि पुराना रोगीहरुमा अंगभंग भएका रोगीहरु पनि नवलपुरमा भेटिएका छन् ।

नवलपुर जिल्ला समग्रमा कुष्ठ रोगीको संख्याको हिसाबले कम जोखिममा रहेको जिल्ला रहे पनि पालिकाको तथ्यांकलाई आधार मानेर हेर्दा देवचुली र गैडाकोट नगरपालिका भने जोखिममा रहेको पालिकाको रुपमा रहेको तिवारीले बताए ।

नवलपुरमा ४० जना नयाँ कुष्ठ रोगी फेला परेकोमा १२ जना निको भएको र अहिले २८ जना रोगी उपचाररत अर्थात औषधि सेवन गरिरहेका छन् ।

कुष्ठरोगीका विरामीलाई सरकारले निशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । नेपाललाई एक समय कुष्ठरोग मुक्त भनेर घोषणा गरिएपनि त्यो पछि कार्यान्वयनमा आउन सकेको थिएन जसले गर्दा अहिले सरकारले कुष्ठरोग निवारणका लागि विभिन्न कार्यक्रमहरु ल्याइरहेको छ ।

नवलपुरमा अहिले गैडाकोटमा १२ जना, देवचुलीमा ६ जना, कावासोतीमा ४ जना, विनयी त्रिवेणीमा ३ जना, हुप्सेकोटमा १ जना र मध्यविन्दुमा १ जना कुष्ठरोगी उपचाररत रहेका छन् ।




सम्बन्धित
Loading...