मध्यविन्दु नगर खेलकुदको अध्यक्षमा पाण्डे र सदस्य सचिवमा ठकुरी मनोनित





चोरमारा । मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले नगर खेलकुद बिकास समितिको अध्यक्षमा मेघराज पाण्डेलाई मनोनित गर्नु भएको छ । मध्यविन्दु नगरपालिकामा खेलकुद विकास गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७९ को पहिलो संशोधन बमोजिम पाण्डेलाई नगर प्रमुख अधिकारीले अध्यक्षमा मनोनित गर्नु भएको हो ।

ऐनको पहिलो संशोधन अनुसार समितिको अध्यक्षमा नगर प्रमुख वा नगर प्रमुखले तोकेको व्यक्ति अध्यक्ष हुने व्यवस्था रहेको छ । नगर प्रमुख अधिकारीले आज नै खेलकुद बिकास समितिको सदस्य सचिवमा हिमाल बिक्रम सिं ठकुरीलाई मनोनित गर्नु भएको छ । ऐन बमोजिम नगर प्रमुखले ठकुरीलाई सदस्य सचिवमा नियुक्त गर्नु भएको हो ।




ऐन अनुसार नगरपालिकामा १५ सदस्यीय खेलकुद बिकास समिति गठन हुनेछ । अध्यक्ष र सचिवलाई बुधबार मनोनित गर्नु भएका नगर प्रमुख अधिकारीले थप सदस्यहरुलाई केही दिन भित्र मनोनित गरि सक्ने बताउनुभयो । अध्यक्ष पाण्डे र सदस्य सचिव ठकुरीलाई मनोनित गरिएको पत्र दिदै नगर प्रमुख अधिकारीले समग्र मध्यविन्दु नगरपालिकाको खेलकुद बिकासमा समितिको नेतृत्वदायी भूमिका हुने विश्वास व्यक्त गर्नुभयो ।

समितिमा थप हुन बाँकी सदस्यहरु नगर प्रमुखले मनोनित गर्ने, सम्बन्धित शाखाका प्रतिनिधि, खेलकुुद शिक्षक, समितिको सिफारिसमा नगर प्रमुखले मनोनित गर्ने व्यवस्था रहेको छ ।

नगर खेलकुद बिकास समितिको बाँकी सदस्यहरुको मनोनयन लगत्तै समितिको बैठक बसेर नगर भित्रको खेलकुद बिकासको लागि ठोस योजना निर्माण सहितको काम गर्ने अध्यक्ष मेघराज पाण्डेले बताउनुभयो ।




सम्बन्धित
Loading...