कोटीहोममा हुने महायज्ञको तयारी पुरा





प्रेम क्षेत्री –

गैँडाकोट । कोटीहोमस्थली गैंडाकोट–१०, पितौजीमा भोलीदेखी सुरु हुने श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको तयारी पूरा भएको छ ।




श्रीसिद्धिदात्री दुर्गामन्दिर कोटीहोम आश्रमले आश्रमस्थलको वृहत गुरुयोजना अनुसार समावेसी गुरुकुल विद्यापीठ भवन, अतिथि सत्कार भवन, गुरुगोरखनाथ मन्दिर, गौशाला लगायतका विविध भौतिक संरचनाहरुको निर्माणका लागि महायज्ञ गर्न लागेको हो । यही माघ २३ गते भोली देखीफागुन १ गतेसम्म हुने ज्ञानमहायज्ञको तयारी पुरा भएको आयोजक समितिका संयोजक राजेन्द्रप्रसाद कण्डेल (राजु) ले जानकारी दिनुभयो । महायज्ञको शहरी विकास मन्त्री बिक्रम पाण्डेले उद्घाटन गर्ने उहाँले बताउनुभयो ।

बिहान ९ बजेदेखी कलश शोभा यात्रा र १२ बजे उद्घाटन कार्यक्रम तय गरिएको महायज्ञका सह–संयोजक एवं आर्थिक समितिका संयोजक वेदप्रसाद गौडेलले बताउनुभयो ।

योगी नरहरिनाथले विश्वशान्ति हेतु वि.सं. २०४५ सालमा कोटीहोम महायज्ञ लगाएको यस पवित्र स्थलमा समावेशी २४ जना बटुकहरुलाई अध्ययन गराईदै आएको आश्रमका पीठाधीश योगी खेचरनाथले बताउनुभयो ।

करिब १० बिगाहा क्षेत्रफलमा फैलिएको कोटीहोममा आश्रमले गुरुकुलीय पद्धतिद्वारा व्यावहारिक एवं जीवनोपयोगी संस्कृत शिक्षाको पठन–पाठन गर्ने गराउने व्यवस्था मिलाउँदै आएको मन्दिरका अध्यक्ष मनहरी कंडेलले बताउनुभयो । महोत्सवमा ५ करोडसम्म आम्दानी र ८० लाख खर्चको अनुमान गरिएको महासचिव नरहरि सापकोटाले बताउनुभयो ।

आश्रमको सङ्कल्प पूरा गर्नका लागि सबैलाई सहयोग गर्न प्रचार–प्रसार उपसमितिका संयोजक देविदत्त कँडेलले आग्रह गर्नुभयो ।

यहाँ करिब १० बिगाहा क्षेत्रफलमा फैलिएको धार्मिक वन क्षेत्रमा कोटिहोम रहेको छ । यहाँ रहेको श्री योगि नरहरिनाथ आध्यात्म विज्ञान गितापाठशाला (योगी नरहरिनाथ संस्कृत विद्यापिठम्) मा समावेशी २४ जना बटुक आश्रीत छन् । आवासीय रूपमा उनिहरुलाई संस्कृत शिक्षा र आधुनिक शिक्षाको समन्वयात्मक शिक्षा निःशुल्क रूपमा प्रदान गरिएको छ । कक्षा ६ र ७ मा अध्ययनरत उनिहरुको शिक्षादिक्षा समेत समाजबाट उठेक सिदा वा उत्सवमा आउने रासनबाट भरणपोषण चल्दै आएको छ । यहाँ ६ जना शिल्पकारसहित मगर, चेपाङ, तामाङ, माझि, ठकुरी, क्षेत्री समुदायका बटुक रहेका छन् । श्री सिद्धिदात्री दुर्गामन्दिर कोटीहोम आश्रमले गुरुकुलीय पद्धतिद्वारा व्यावहारिक एवं जीवनोपयोगी संस्कृत शिक्षाको पठन–पाठन गर्ने गराउने व्यवस्था मिलाउँदै आएको छ ।

यहाँ धेरै अगाडिदेखि सञ्चालनमा रहँदै आएको दुर्गाभगवती, गणेश, शिव आदि आराध्य देव–देवीहरूको पूजा–अर्चना हुँदै आएको छ । यहाँ करिब डेढ अर्ब लागतको गुरु योजना निर्माण गरिएको छ ।

श्रीमद्भागवत सप्ताह ज्ञानमहाज्ञको आयोजना गरी वैदिक सनातन धर्म, संस्कार र संस्कृतिप्रति समाजमा सचेतना जगाउने किसिमले भागवत ज्ञानको प्रवाह गर्ने उद्देश्य राखेको छ । त्यस्तै पूर्वाधारविहिनमा सञ्चालन हुँदै आएको समावेसी गुरू संस्कृत विद्यापीठ सञ्चालनको लागि आवास भवन तथा विद्यापीठ भवन निर्माण गर्दै सञ्चालनमा ल्याउने रहेको छ । त्यसैगरी आवश्यक सुविधायुक्त अतिथि गृह (धर्मशाला) भवन निर्माण गरी सेवा सुविधा प्रदान गर्ने, गौ संरक्षण हेतु आधुनिक गौशालाको व्यवस्थापन गर्ने, गुरु गोरखनाथको मन्दिर भवन निर्माण गर्ने रहेको छ । सम्भव भएसम्म गुरुयोजनाका अन्य संरचना योग तथा प्राकृतिक चिकित्सालय भवन योग साधना केन्द्र आदिको निर्माण गर्दै जाने उदेश्य राखेको छ ।




सम्बन्धित
Loading...