चोरमारामा फागुन १८ देखि मध्यविन्दु महोत्सव



चोरमारा । घरेलु तथा साना उद्योग महासंघ मध्यविन्दुको आयोजनामा प्रथम मध्यविन्दु कृषि, पर्यटन, व्यापारिक तथा सांस्कृतिक महोत्सव–२०७९ सञ्चालन हुने भएको छ । महासंघले मध्यविन्दु–७ चोरमारामा २०७९ फागुन १८ गतेदेखि फागुन २८ गते सम्म महोत्सव आयोजना गर्न लागेको जानकारी गराएको हो ।

“मध्यविन्दु समृद्धिको मुख्य आधार, संस्कृति संरक्षण तथा पर्यटन विकासमा पूर्वाधार” भन्ने मुख्य नारा सहित सञ्चालन हुने महोत्सवले स्थानीय स्तरमा उत्पादित उत्पादनहरुको बजारीकरण संगै यहाँका विभिन्न जातजातिहरुको कला र संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने महासंघका अध्यक्ष देवलाल काफ्लेले बताए।



महोत्सवमा घरेलु तथा साना उद्योगमा आधारित सामाग्रीहरुको प्रर्दशनी संगै स्थानीय समुदायको परिकारहरुलाई प्राथमिकताका साथ राखिने उनले बताए । महोत्सवमा एक सय भन्दा बढी स्टल रहेछन् भने विभिन्न बाल उद्यान लगायतका पर्दशनी संगै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुत रहनेछ ।

११ दिन सम्म सञ्चालन हुने महोत्सवमा एक करोड पचास लाख वराबरको आर्थिक करोबार हुने विश्वास रहेको आयोजक संस्थाका महासचिव विशाल थापाले बताए। आर्थिक रुपमा देखिएको समस्याबाट व्यवसायिक तथा पर्यटकीय गतिविधिहरु सुस्त भइरहेको हालको अवस्थामा महोत्सवले स्थानीय व्यवसायीहरुको व्यपार पर्वद्धनमा टेवा पुग्ने उनले बताए ।

मध्यविन्दु नगरपालिकामा यस अगाडि विभिन्न संघसंस्थाको आयोजनामा भएको सिकाईबाट यस महोत्सवलाई कसरी फरक र सफल बनाउन सकिन्छ भन्ने विषयमा संस्था गम्भीर रहेको उनले बताए ।

महोत्सवलाई सफल बनाउन विभिन्न संघसंस्था संग आवश्यक सहकार्यहरु समेत गरिएको अध्यक्ष देवलाल काफ्लेले बताए । महोत्सवमा चोरमारा युवा क्लव र लोहासेधारा युवा क्लव सह–आयोजक संस्था, मध्यविन्दु उद्योग वाणिज्य संघ पर्वद्धक र मध्यविन्दु नगरपालिकालाई संरक्षक संस्थाको रुपमा राखिएको छ ।

महोत्सवले मध्यविन्दु नगरपालिकाको स्थानीयतालाई प्रतिनिधित्व गर्नको लागि मध्यविन्दु नगरपालिकाका पूर्व नगर प्रमुख चन्द्रबहादुर रानाले शुभेच्छासंगै सुझाव व्यक्त गरे।

मध्यविन्दु नगरपालिकाको समृद्धि यहाँको स्थानीय कृषि, पर्यटनबाट सम्भव रहेको भन्दै उनले सोही अनुसारको काम गर्न समेत सुझाव दिए। उनले मध्यविन्दु नगरपालिका भित्र बसोबास गर्ने विभिन्न आदिबासी समुदायको विविधतालाई समेत महोत्सवमा प्रस्तुत गर्नको लागि अनुरोध गरे।

महोत्सवलाई स्थानीय स्तरमा रहेका संघसंस्थाको तर्फबाट आवश्यक सहयोग रहने बिजय सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष श्याम पौडेलले बताए। पत्रकार सम्मेलनमा घरेलु तथा साना उद्योग महासंघ मध्यविन्दुका पदाधिकारी, चोरमारा युवा क्लव, लोहासेधारा युवा क्लवमा प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।



सम्बन्धित
Loading...