नवलपुरका ठूला ५ विद्यार्थी संगठनले गर्यो नवलपुरका ११ क्याम्पसमा स्ववियु निर्वाचनको माग



रामकुमार श्रेष्ठ —

नवलपुर । पूर्वी नवलपरासीमा रहेका ५ ठूला विद्यार्थी संगठनहरुले नवलपुरका ११ वटा क्याम्पसमा स्ववियु निर्वाचनको माग गरेको छ ।



आज कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पसमा संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरि स्ववियु निर्वाचनको माग गरेको हो ।

नेपाल विद्यार्थी संघ नवलपुरका अध्यक्ष हरि सुवेदी, अनेरास्ववियु नवलपुरका कार्यवाहक जिल्ला अध्यक्ष सुगम सापकोटा, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सनरोज भण्डारी, अनेरास्ववियु जिल्ला अध्यक्ष मदन गिरी, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठनका जिल्ला अध्यक्ष ईश्वर बगालेले संयुक्त रुपमा पत्रकार संम्मेलनमा विज्ञप्ति जारी गर्दै नवलपुरका ११ वटा क्याम्पसमा स्ववियु निर्वाचनको माग गरेको हो ।

नवलपुरमा यस अघि कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पस र कालिका संस्कृत विद्यापिठमा गरी २ वटा क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो । उनीहरुले अहिले गैडाकोटको जनक कलेज, एसपिएम कलेज, लुम्बिनी आइसिटी कलेज, नमुना कलेज, देवचुलीको देवचुली कलेज रहजर, जनज्योति कलेज प्रगतिनगर, कावासोतीको मध्यविन्दु कलेज कावासोती, मध्यविन्दुको नवजागरण बहुमुखी क्याम्पस चोरमारा र अरुणखोला बहुमुखी क्याम्पस अरुणखोलामा पनि स्ववियु निर्वाचन गर्नु पर्ने माग गरेको छ ।

चैत्र ५ गते हुने भनिएको स्ववियु निर्वाचनका लागि नवलपुरमा क्याम्पस प्रशासनहरुले अझै कुनै तयारी गरेको देखिदैन ।



सम्बन्धित
Loading...