कावासोतीमा आजदेखि सातौं नवलपुर महोत्सव





फाल्गुण ३ गतेदेखि १३ गतेसम्म कावासोतीमा आजदेखि सातौं नवलपुर महोत्सव हुने भएको छ। महोत्सवको उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्ने भएका छन्।

महोत्सवको उद्घाटनको दिन फलफूल चोकदेखि विपी चोक, कुमारवर्ती क्याम्पस चोक, सभापति चोक हुँदै, फलफूल चोकबाट महोत्सव स्थलसम्म शोभा कलशयात्रा निकालिने भएको छ। कावासोती ९ टुबोर्ग मैदानमा हुने महोत्सवमा रत्यौली प्रतियोगिता, नवलपुर डान्स आइडल, स्थानीय कला संस्कृतिको प्रदर्शनी लगायतका कार्यक्रमहरु रहने छ।




त्यसैगरी महोत्सवमा जिल्ला स्तरीय कृषि प्रदर्शनी तथा प्रतियोगिता, मावि स्तरीय विज्ञान प्रदर्शनी तथा प्रतियोगिता, टिकटिक प्रतियोगिता, एक पालिका एक कृषि उत्पादन, एक पालिका एक व्यापारिक स्टल लगायतका कार्यक्रमहरु पनि राखिएको नवलपुर उद्योग वाणिज्य संघका महासचिव सागर पोख्रेलले बताए।

११ दिन चल्ने महोत्सवमा राष्ट्रिय, स्थानीय स्तरका कलाकारहरुको प्रदर्शनीदेखि बाल उद्यन, व्यापारिक स्टल, कृषि स्टल लगायतका स्टलहरु रहने आयोजकले जनाएको छ।

महोत्सव स्थलमा स्टल निर्माण लगायतका काम शुरु भईसकेको छ। आर्थिक मन्दी उकास्न महोत्सवले सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ। महोत्सवको प्रचारप्रसार तिब्र पारिएको आयोजकले जनाएको छ।




सम्बन्धित
Loading...