किशोरी अधिकारका सवालमा छलफल


कावासोती । कावासोती नगरपालिका वार्ड नं ९ मा किशोरी अधिकार संरक्षणका लागि सरोकारवालाहरुसँग वडा स्तरीय छलफल कार्यक्रम भएको छ ।




वडा अध्यक्ष रिभर कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु सुनिता महत्तो, जगदीश खतिवडा, डम्मर बहादुर महत्तो, सामुदायिक सेवा केन्दू नवलपुरकी अध्यक्ष नारायणी भट्टराई, सामुदायिक सेवा केन्द्र नवलपुरका पूर्व सचिव तथा सञ्चारकर्मी भुपेन्द्र भट्टराई, सामुदायिक प्रहरी सेवा केन्द्र महिला बालबालिका तथा जेष्ठ नागरिक सेलका प्रमुख विन्दु वि.क., सामुदायिक प्रहरी प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधिहरु, सहकारी संस्थाका प्रतिनिधिहरु, आमा समुह प्रतिनिधि, नारी बिकास मञ्च प्रतिनिधि, ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक प्रतिनिधि, बजार बिकास संस्था प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि, अभिभावकहरु तथा जागृति बाल तथा युवा सरोकार नेपालका सहजकर्ता राधादेवी बोटे र आशा वि.क. को सहभागिता रहेको थियो ।

कार्यक्रममा राधादेवी बोटेले कावासोती नगरपालिकामा संचालन भईरहेको किशोरी सशक्तीकरण कार्यक्रम, कार्यक्रमको उद्देश्य र कार्यक्रमको विषयवस्तुहरु र अहिले भैरहेका गतिविधिहरुको बारेमा जानकारी दिँदै कार्यक्रम संचालन गरेका थिए ।




कार्यक्रममा महिला बालबालिका सेलका प्रमुख विन्दु वि.क.ले समग्र नवलपुर जिल्ला र नगरपालिका भित्र महिला बालबालिका माथि हुने हिंसा दुव्र्यवहारको अवस्था र त्यस्ता समस्या डिल गर्न, समाधानका लागि गरिएका प्रयासहरु र व्यवहारिक चुनौतीहरु लगायतका बारेमा जानकारी गराएका थिए ।

उनले समस्या समाधानमा अभिभावकहरुको प्रमुख भुमिका हुने बताउँदै सबैजना सजक रहे किशोरीहरुमाथि हुने समस्या समाधानका लागि सहज हुने बताइन् ।

उनले ऋण लिंदा र त्यसको खर्च व्यवस्थापनमा ध्यान दिने, सामाजिक संजाल प्रयोगबाट हुन सक्ने नोक्सानी लगायतका बारेमा सबै अभिभावकहरुले ध्यान दिनु पर्ने बताए ।

कार्यक्रममा सहभागीहरुले किशोरीहरुको सामाजिक सुरक्षाका विषयहरु समेटिएका पाठ्यक्रम भए किशोरीहरुमाथि हुने यौन हिंसा, हिंसा, दुव्र्यवहार, यौनदुव्र्यवहार जस्ता अपराध कम हुनेमा जोड दिएका थिए । सामुदायिक सेवा केन्द्र नवलपुरका अध्यक्ष नारायणी भट्टराईले आफ्ना छोरी चेलीहरु माथि हिंसा तथा अपराध रोक्नका लागि अभिभावकहरु नै सचेत हुनु पर्नेमा जोड दिए ।




सम्बन्धित
Loading...