पशु स्वास्थ्य सेवा प्राविधिकहरुलाई अभिमुखीकरण कार्यक्रम

रामकुमार श्रेष्ठ —



नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा शनिबार पशु स्वास्थ्य सेवा प्राविधिकहरुलाई अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

नेपाल सरकारले हालै जारी गरेको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद ऐन २०७९ को बारेमा जानकारी दिने उद्देश्यले नेपाल पशु स्वास्थय सेवा प्राविधिक संघ नेल्टा गण्डकी प्रदेशको आयोजना र नेल्टा नवलपुरको व्यवस्थापनमा कार्यक्रम गरिएको हो ।



अभिमुखीकरण कार्यक्रममा गण्डकी प्रदेश भरीका २ सय बढी प्राविधिकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको नेपाली काँग्रेसका महासमिति सदस्य एवम् प्रतिनिधि सभा सदस्य विष्णु कुमार कार्कीले उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै उनले सरकारले कृषि र पशुका क्षेत्रमा लगानी बढाउनु पर्ने, कृषकहरुलाई विभिन्न क्षेत्रमा अनुदान दिएर कृषि तथा पशु क्षेत्रको उत्पादनमा जोड दिनु पर्ने बताए ।

उनले पशु प्राविधिकहरुलाई दक्ष बनाउनका लागि बेलाबेलामा तालिम तथा प्रशिक्षणको आयोजना गर्नु पर्नेमा समेत जोड दिए ।

नेपाली काँग्रेस निकट नेपाल पशु स्वास्थय सेवा प्राविधिक संघ नेल्टा गण्डकी प्रदेश अध्यक्ष सहदेव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ट्रेड युनियन कार्यक्रम नवलपुरका सचिव गोपाल वस्ताकोटी, नेल्टाका केन्द्रिय उपाध्यक्ष छवि भट्टराई, सल्लाहाकार महेन्द्र भण्डारी, महासचिव सुरेशकुमार श्रेष्ठ, नेल्टा नवलपुरका अध्यक्ष विकाश श्रेष्ठ लगायतले बोलका थिए ।



सम्बन्धित
Loading...