नवलपुरको मुकुन्दसेन टेलिभिजनमा चोरी




नवलपुरको गैंडाकोटमा रहेकाे मुकुन्दसेन टेलिभिजनमा आज विहान चोरी भएको छ ।

गैंडाकोट नगरपालिका वडा नं ८ स्थित टेलिभिजनको कार्यालयबाट २ वटा डिएसएल क्यामेरा र २ वटा ल्यापटप चोरी भएको हो ।



तेस्रोतला माथी रहेको टेलिभिजनको स्टुडियो र अफिस कोठमा रहेका सञ्चारसामाग्री विहान २ बजेर ५२ मिनेटमा चोरी भएको सिसिटीभी फुटेजमा देखिएको सोहि टेलिभिजनमा कार्यरत पत्रकार नविन सुवेदीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय गैंडाकोटले घटनाको बारेमा जानकारी लिने काम भैरहेको बताएको छ ।

यसैबीच नेपाल पत्रकार महासंघ नवलपुरले सञ्चारगृहमाथि भएकाे चाेरीकाे घटनाकाे निन्दा गरि तत्काल दाेषी पक्राउ गर्न माग गरेकाे नेपाल पत्रकार महासंघ नवलपुरका सचिव विष्णु गाैडेलले बताए ।



सम्बन्धित
Loading...