रामग्रामले गरेन फोहर व्यवस्थापन, नगर दुर्गन्धित बन्दै



राज चौधरी –

पश्चिम नवलपरासीको सबैभन्दा पुरानो नगरपालिकाको रुपमा रामग्राम नगरपालिकालाई चिनिन्छ तर रामग्राममा हालसम्म फोहोर व्यवस्थापनको लागि डम्पिङ साइट बनेको छैन। दिनहुँ निस्कने फोहोर विगतका वर्षदेखि नै रामग्राम नगरपालिकाको वडा नम्बर १ को सहुवाटिकरमा नदिको किनारमा निजी जग्गमा फलिदै आएको छ।



नगरपालिकाले फोहोर व्यवस्थापनको उचित बिकल्प नखोज्दा फोहोर सिधै नदिमा खास्दा नदिमा प्रदुषण बढेको छ। सदरमुकाम परासी स्थित १ किलोमिटरको दुरीमा रहेको रामग्राम नगरपालिका वडा नम्बर साहुवाटिकरमा निजी जग्गमा एक दाशक देखी नगरको फोहोर फलिदै आएको हो। नगरको फोहोर वस्तीको नजिक फलिदा दुर्घन्द बढेको छ। साथै खेतीयोग्य जग्गमा सिधै फलिदा स्थानीय किसानलाई असर पारेको छ ।

दैनिक निस्किने फोहोरले दुर्घन्द बढेको मात्र होइन। निजी जग्गामा अस्पतालजन्य हानिकारक फोहर स्वास्थ्य उपचारका क्रममा प्रयोग गरिएका सिरिञ्ज अस्पतालजन्य फोहर, मोरेका चौपया, गाई, गोरु, कुकुर, बिरालो, साथै सबै किसिमका फोहरजन्य पदार्थ व्यवस्थापन नहुँदा स्वास्थ्यका लागि हानिकारक हुने भएपनि पालिकाले मन लाग्दी फोहोर फालिरहेको छ। जसका कारण वातावरणमा समेत नकारात्मक प्रभाव परिरहेको सरोकारवालाले बताउँदै आएका छन्।

डम्पिङ साइट नहुँदा नगरको फोहर नदीको किनार मै फलिदै आएकोले हानिकारक भए पनि त्यसलाई नियमन गर्ने निकायले नै फोहर व्यवस्थापनको समस्या विकराल बनेको स्थानीय बासिन्दाले बताए। अधिकांश स्थानीय तहले अहिले फोहरमैला व्यवस्थापन ऐनको कार्यान्वयन गर्न सकेका छैनन् । जसका कारण खोला, बाटो, झाडी, जंगल जस्ता ठाउँमा फोहर देखिने गरेको स्थानीय बासिन्दा बताउँदछन्।

फोहर व्यवस्थापन गर्नु नसक्नुमा प्रमुख दोष नगरलाई जान्छ । नगरको फोहर व्यवस्थापन गर्ने प्रमुख दायित्व नगरको हो तर स्थानीय सरकारले दीर्घकालीन सोचका साथ काम नगरेको स्वाम जनप्रतिनिधीकै अरोप छ ।

रामग्राम १ का वडाध्यक्ष रुद्रप्रसाद उपाध्याय भन्छन् – ‘आफ्नो नगर कस्तो बनाउने हो, त्यो भिजन रामग्रामले बनाउन सकेको छैन। यसमा दोषी नगरप्रमुख मात्र होइन सबै जनप्रतिनिधिहरुको दोष छ। यसलाई छिट्टै व्यवस्थापन गर्नुपर्छ।’



सम्बन्धित
Loading...