प्रधानमन्त्रीविरुद्धको रिटमा कारण देखाऊ आदेश, अग्राधिकार प्रदान





सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।

सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले शुक्रबार १५ दिनभित्र आफैँ उपस्थित भएर वा प्रतिनिधिमार्फत लिखित जवाफ दिन आदेश दिएको हो।




निवेदक ज्ञानेन्द्रराज आरणलगायतले रिट दायर गरेका थिए। तर, रिटमा माग भएबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गर्दै सर्वाेच्चले मुद्दामा अग्राधिकार प्रदान गरेकाे छ। निवेदनमा प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिका आधारमा उनलाई पक्राउ गरेर ज्यान मुद्दाको कसुरमा कारबाही गर्न माग गरिएको छ।




सम्बन्धित
Loading...