अमेरिकी बैंकको शेयर बजारमा १०० अर्ब डलर गुम्यो



एजेन्सी । अमेरिकाको १६औँ ठूलो बैंक सिलिकन भ्याली बैंक बन्द भएको छ । अमेरिकाको क्यालिफोर्नियाको वित्तीय संरक्षण र नवीनता विभागले बैंक बन्द गर्ने आदेश जारी गरेको हुन।

रोयटर्सका अनुसार एसभीबीको शेयरमा आएको गिरावटका कारण पछिल्लो २ दिनमा अमेरिकी बैंकहरूले शेयर बजारमा १०० अर्ब डलर गुमोकाछ । योसँगै युरोपेली बैंकहरूले ५० अर्ब डलर घाटा बेहोरेका छन् ।



बैंकको मूल कम्पनी एसभीबी फाइनान्सियल ग्रुपको शेयर ९ मार्चमा लगभग ६० प्रतिशतले घट्यो। यो सन् २००८ को वित्तीय संकटपछिको अमेरिकी इतिहासमा सबैभन्दा ठूलो असफलता हो।

संघीय निक्षेप बीमा निगमले शुक्रबार सिलिकन भ्याली बैंक अधिग्रहणको घोषणा गर्‍यो। यसका साथै ग्राहकको पैसा सुरक्षित राख्ने जिम्मेवारी समेत उनलाई दिइएको छ । सिलिकन बैंक अब मार्च १३ मा खुल्नेछ । त्यसपछि सबै बीमित निक्षेपकर्ताहरूले आफ्नो निक्षेप निकाल्ने स्वतन्त्रता पाउनेछन्।

सन् २०२२ को अन्त्यसम्म बैंकको सम्पत्ति २०९ अर्ब डलर र निक्षेप १७५.४ अर्ब डलर थियो । यस रकमको ८९ प्रतिशत बीमा गरिएको थिएन। ग्राहकको जम्मा २५०,००० डलर बीमाद्वारा कभर गरिएको छ। बैंक बन्द भएपछि पनि यो रकम ग्राहकलाई फिर्ता गरिने छ । साथै यसभन्दा बढी रकम आफ्नो खातामा जम्मा गरेका निक्षेपकर्ताले आफ्नो सबै रकम फिर्ता पाउने वा नपाउने भन्ने कुनै ग्यारेन्टी छैन ।

सिलिकन भ्याली बैंकसँग २०२१ मा १८९ अर्ब डलर निक्षेप थियो। सिलिकन भ्याली बैंकले विगत २ वर्षमा आफ्ना ग्राहकको पैसाले अर्बौं डलरको ऋणपत्र खरिद गरेको भए पनि ब्याजदर न्यून भएकाले सो लगानीमा उचित प्रतिफल पाउन सकेको छैन । यसैबीच, फेडरल रिजर्भ बैंकले प्राविधिक कम्पनीहरूको लागि ब्याज दर बढाएको छ।



सम्बन्धित
Loading...