सिन्धुली बस दुर्घटना : ६ जनाकाे मृत्यु, २९ घाइते


u




सिन्धुलीको फिक्कल गाउँपालिका- ४ कुहिभिरमा ओखलढुंगाबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।

दुर्घटनामा २९ जना घाइते भएका छन्। मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राजकुमार सिलवालले जानकारी दिए।


बा.२ख ६५९६ नम्बरको बस तीव्रगतिका कारण भिरमा ठोक्किएर दुर्घटनामा परेको उनले बताए। सिलवालका अनुसार बसको अगाडिको भागमा बस्ने यात्रीको मृत्यु भएको छ।

घाइतेको उद्धार गरी प्राथमिक उपचारका लागि खुर्कोट पठाइएको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले घटनास्थलबाट जानकारी दिए। घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ।




सम्बन्धित
Loading...