स्ववियू निर्वाचन: नवलपुरकाे कालिका पिद्यापिठमा तालाबन्दी, अन्यमा भाेलि मनाेनयन दर्ता





रामकुमार श्रेष्ठ –
नवलपुर – पूर्वी नवलपरासीकाे गैडाकाेट नगरपालिका ८ काे कालिका संस्कृत विद्यापिठमा स्ववियू निर्वाचनकाे विषयलाई लिएर विद्यार्थीहरूले तालाबन्दी गरिदिएका छन् ।

आइतबार कालिका विद्यापिठमा स्ववियू निर्वाचनका लागि मनाेनयन दर्ताकाे समय ताेकिएकाे भए पनि संगठन दर्ता र मनाेनयनका विषयमा निर्वाचन समिति, विद्यार्थी संगठनबीच विवाद बढेपछि नेकपा एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले पिद्यापिठमा तालाबन्दी गरेका हुन्।




उक्त कलेजमा संगठन दर्ताकाे समय भित्र काँग्रेस निकट नेविसंघ र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले मात्र विद्यार्थी संगठन दर्ता गरेकाेमा आईतबार एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले संगठन दर्ता गरि मनाेनयन गर्न माग राखेकाे थियाे ।

यता क्याम्पसमा रहेकाे विद्यार्थी परिषदले ताला खाेलिदिएकाे क्याम्पस प्रमुख रामचन्द्र कंडेलले बताए। कंडेलले ताला खाेलिएपछि आईतबार उमेद्वारी परेकाकाे अन्तिम नामावली टाँसिएकाे र भाेलि साेमबारलाइ दावी विराेध राखिएकाे बताए ।

उनले भने – अनेरास्ववियुले बेलैमा संगठन दर्ता गरेनन भने अखिल क्रान्तिकारीले समय भित्र मनाेनयन पत्र नलगेकाे याे विवाद आएकाे हाे । विद्यार्थी संगठन मिलेर आए पुन प्रकियामा जान सकिने छ ।

त्यसैगरी आईतबार मनाेनयन दर्ताकाे क्रममा नेविसंघकाे मात्र मनाेनयन दर्ता गरेकाे तर संगठन दर्ता गरेका अखिल क्रान्तिकारीलाई पनि मनाेनयन दर्ता गर्न नदिए पनि अनेरास्ववियुसँग मिलेर तालाबन्दी गरेकाे अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष सनराेज भण्डारीले बताए ।

नवलपुरमा चैत ५ गते ६ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुने तय भएकाे छ । जस अन्तरगत कालिका विद्यापिठ, एसपिएम कलेज गैडाकाेट, देवचुली कलेज रजहर, कुमारवर्ती बहुमुखी क्याम्पस कावासाेती, मध्यविन्दु कलेज कावासाेती र अरूणखाेला बहुमुखी क्याम्पस अरूणखाेलामा चुनाव हुने छ ।

यसैबीच भाेलि साेमबार एसपिएम कलेज, देवचुली कलेज, कुमारवर्ती क्याम्पस र अरूणखाेला क्याम्पसमा मनाेनयन दर्ताकाे समय ताेकिएकाे छ। त्यसैगरी मध्यविन्दु कलेजमा भने आईतबार संगठन दर्ता गरिएकाे छ ।




सम्बन्धित
Loading...