कावासोतीको गौशालालाई चापट सहयोग

कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ मा रहेको विश्वमाता गौशालामा रहेको गाईहरुको लागि कावासोती ३ मा रहेको मध्यविन्दु छिमेकी समूहले १० बोरा चापट सहयोग गरेको छ ।



समूहका अध्यक्ष गंगाराम न्यौपाने, उपाध्यक्ष केशव राज गैरे, सचिव कृष्ण चन्द्र गिरीसहितको टोलीले समुहको सल्लाहकार एवम् वडा नं. ३ का वडाअध्यक्ष डोरमान गिरी र वडा सदस्य ऋषि बस्ताकोटीको रोहबरमा १० बोरा चापट आइतबार हस्तान्तरण गरिएको हो ।

यहाँ स्थानीय प्रजातिका १ सयको हाराहारीमा गाईहरु रहेका छन् । गौशालामा चापट र परालको अभाव रहेको भन्दै गौशालाले सहयोगको लागि अपिल गरेको छ ।





सम्बन्धित
Loading...