कावासोतीमा १ महिने निशुल्क कार ड्राइभिङ्ग तालिम सम्पन्न



नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा १ महिने निशुल्क कार ड्राइभिङ्ग तालिम सम्पन्न भएको छ ।

कावासोती नगरपालिकाको आयोजनामा भएको तालिमको सोमबार कावासोती नगरपालिकाका नगर उपप्रमुख फूलकुमारी थनेको प्रमुख आतिथ्यतामा समापन गरिएको हो ।



तालिममा १७ वटा वडाका ६४ जनाको सहभागिता रहेको कार्यक्रम संयोजक गोविन्द नेपालीले बताए ।

कावासोती नगरपालिकाको आर्थिक सहयोग र प्रविनको पुरानो ड्राइभिङ्ग सेन्टरको प्राविधिक सहयोगमा तालिम भएको हो ।

तालिम समापन कार्यक्रममा नगरउपप्रमुख फूलकुमारी थनेत, कावासोती ३ का वडाध्यक्ष डोरमान गिरी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

तालिम सिकेकाहरुलाई लाइसेन्स समेत उपलब्ध गराइने गरी तालिम प्रदान गरिएको थियो ।



सम्बन्धित
Loading...